एनएसएल : पोखरा थन्डर्सलाई हराउँदै धनगढी एफसी फाइनल प्रवेश

फाईल तस्विर : गोल हानेपछि सेलिब्रेसन गर्दै धनगढी एफसीका खेलाडीहरु !

काठमाडौं,पौष,९-नेपाल सुपर लिग (एनएसएल) को सुदुरपश्चिमको टिम धनगढी एफसी फाइनलमा पुगेको छ ।

आज सोमबार दशरथ रंगशालामा भएको खेलमा पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा हराउँदै धनगढी एफसी फाइनल पुगेको हो।

निकै रोमाञ्चकप्रतिस्पर्धात्मक भएको खेलमा अग्रता भने पोखराले लिएको थियो।अन्तत धनगढी एफसी तीन पटक पछि परिसकेको अवस्थालाई उल्टाउँदै फाइनलमा स्थान बनाउन सफल भएको हो।

पोखरा थन्डर्सले तीन पटक लिएको अग्रता जोगाउन नसक्दा क्वालिफायरको पहिलो खेलबाटै फाइनल पुग्नबाट वञ्चित भयो।अब पोखराले फाइनल प्रवेशका लागि ललितपुर र काठमाडौंबीच मंगलबार हुने इलिमिनेटरको बिजेतासँग दोस्रो क्वालिफायर खेल्न पार्नेछ।उक्त खेलको बिजेता फाइन खेल्नेछ।

आज भएको खेलमा पोखरा थन्डर्सलाई धनगढी एफसीले पेनाल्टी सुटआउटमा ४-३ गोलले हराउदै फाईनलमा स्थान बनाएको हो।

खेलको निर्धारित ९० मिनेटको समयमा १-१ गोलको बराबरी र थपिएको ३० मिनेटको समयमा पनि थप १-१ गोल भएपछि खेल पेनाल्टी सुटआउटबाट गएको थियो।

खेलको पाँचौ मिनेटमै आयुश घलानले गोल गर्दै पोखरा थन्डर्सलाई अग्रता दिलाएका थिए।तर खेलको दोस्रो हाफको ५४ औं मिनेटमा धनगढीका कप्तान देवेन्द्र तामाङले बराबरी फिलिक हेडर गोल गर्दै धनगढी एफसीलाई खेलमा फर्काएको थिए।त्यसपछि निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएको थियो।

थप ३० मिनेटको समयमा पनि पोखरा थन्डर्सका  स्टेफन कोजो एनोरले १०४ औं मिनेटमा पोखरालाई दोस्रो पटक अग्रता दिलाएका थिए।तर उक्त अग्रतालाई फेरी खेलको अन्तिम समयमा धनगढीका अहमद हिजाजीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।त्यसपछि खेलको निर्णय भने पेनाल्टी सुटआउटबाट गरिएको थियो।

पेनाल्टी सुटआउटमा धनगढी एफसीका तेस्रो नम्बरमा आएका लेवनानी स्ट्राईकर अहमद हिजाजी गोल गर्न असफल भएपछि पोखरा थण्डर्सले फेरी खेलमा अग्रता लिएको थियो। तर चौथो नम्बरमा आएका पोखरा थण्डर्सका खेलाडी मोजेज गोल गर्न चुकेपछि खेल फेरी बराबरी भएको थियो।

पोखरा थण्डर्सका खेलाडी जर्सी नम्बर १९ का आयुष घलान पाचौं स्थानमा अन्तिम पेनाल्टी प्रहार गर्न आएका थिए तर उनको फितलो प्रहार धनगढी एफसीका गोलकिपर ताहाले सजिलै रोकेुछि अन्तत धनगढी एफसी विजयी भएको हो।

यस्तै आजको खेलबाट भने धनगढी एफसीकै  गोलकिपर ताहा खेलको म्यान अफ दि म्याच बनेका छन्।