लाठी जुलुस प्रदर्शनका क्रममा पक्राउ परेका नेताहरु रिहा गर्न थर्ड एलायन्सको माग

बाँके ,असार ३-

जेष्ठ स्थानीय तहको निर्वाचन बहिष्कारमा उत्रिएको राष्ट्रिय जनता पार्टी (राजपा) ले शनिबार अपरहन्न गरेको लाठी जुलुस प्रदर्शनका क्रममा प्रहरीले १३ जिल्ला नेताहरुलाई पक्राउ गरेको छ ।त्रिभूवन चोक नजिकै रहेको पार्टी कार्यालयबाट लाठी जुलुस प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा केन्द्रीय सदस्य रामकुमार दीक्षित, जिल्ला अध्यक्ष मण्डलका अध्यक्षहरु केशवराम बर्मा, लक्ष्मीनारायण बर्मा, फूलचन्द्र तिवारी लगायतका रहेका छन् । त्यस्तै, जिल्ला सचिवहरु महमुद आलम सिद्दिकी, सुरेशकुमार बर्मा र जिल्ला सदस्यहरु राजेन्द्र गुप्ता, मेराज अन्सारी, मोहम्मदरसुल शाह, मनोज बर्मा, किताबुल निशा दर्जी, रामगोपाल बर्मा रहेको प्रहरीले जनाएको छ ।

बाँकेका प्रहरी प्रमखु एसपी टेकप्रसाद राईले भोली आईतबार हुने मनोनयन दर्तामा अवरोध र्पुयाउने सक्ने भन्दै राजपाका नेताहरुलाई पक्राउ गरिएको बताए ।राजपाका केन्द्रीय उपाध्यक्ष विजयकुमार गुप्ताले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरी नेताहरुलाई पक्राउ गरेको बताए ।

यता तराई मानव अधिकार रक्षक संजाल थर्ड एलायन्स पश्चिम उप क्षेत्रीय कार्यालय नेपालगंजले एक बिज्ञप्ती प्रकाशीत गरी शान्तिपूर्ण प्रर्दशनमा प्रहरीले हस्ताक्षेप गरी नेपालको अन्तरिम संविधान विपरीत नेताहरुलाई पक्राउ गरेको कार्य प्रति भत्र्सन गर्दै पक्राउ परेका नेताहरुलाई तत्काल रिहा गर्न अपिल गरेको छ ।

थर्ड एलायन्सका पश्चिम उप क्षेत्रीय संयोजक आलम खानले जारी गरेको विज्ञप्तीमा भनिएको छ,फरक अभिमतलाई संविधान र कानुन सम्मत ढंगबाट अभिव्यक्त गर्न तथा फरक मतको सम्मान गर्नुमा नै मानव अधिकानरको मर्म अन्र्तनिहित रहने भएकोले बार्ता र संवाद मार्फत तत्काल समस्या समाधान गर्न दुबै पक्षलाई आग्रह गर्दछौ ।