विश्वकपका लागि पोर्चुगलको टिम घोषणा

पोर्चुगलले पहिले खेल नोभेम्बर २४ मा घानाविरुद्ध खेल्ने

विश्वकपका लागि पोर्चुगलको टिम घोषणाकाठमाडौं,कात्तिक,२५-विश्वकपका लागि पोर्चुगलले टिम घोषणा गरेको छ ।कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि पोर्चुगलले टिम घोषणा गरेको हो।

पोर्चुगलले बिहीबार विश्वकपका लागि २६ सदस्यीय टोलीको घोषणा गरेको छ।पोर्चुगलले घोषणा गरेको टोलीको कप्तान क्रिस्टियानो रोनाल्डो रहेका छन् ।

रोनाल्डो पाँचौं पटक विश्वकप खेल्दैछन् ।यस्तै पेपे, ब्रुनो फर्नान्डेस, जोआ फेलिक्स, रुबेन डियास, आन्द्रे सिल्भा लगायतका अनुभवी खेलाडी रहेका छन् ।

कतार विश्वकप नोभेम्बर २० बाट सुरु हुनेछ ।विश्वकपमा पोर्चुगल समूह ‘एच’ मा रहेको छ ।

यस समूहमा घाना, उरुग्वे र दक्षिण कोरिया रहेको छ ।पोर्चुगलले नोभेम्बर २४ मा घानाविरुद्ध खेल्दै विश्वकपको सुरुआत गर्नेछ ।