थपिए ५४९ जना कोरोना संक्रमित, ५६९ जना संक्रमणमुक्त

काठमाडौं,कार्तिक,१२-नेपालमा विगत २४ घण्टामा ५४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार दिएको जानकारी अनुसार ७ हजार १४५ ओटा नमूनाको पीसीआर परीक्षण गर्दा ४९० जना र २ हजार ६०१ ओटा नमूनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा कोरोना संक्रमणबाट थप छ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ३८८ पुगेको छ ।

साथै सो अवधिमा कोरोना संक्रमणबाट  ५६९ जना मुक्त भएका छन् ।हाल मुलुकभर कोरोनाका सक्रिय संक्रमितको संख्या १० हजार १५१ रहेको मन्त्रालयले बताएको छ ।