थप १८०१ जनामा कोरोना संक्रमण पुष्टि, २४ जनाको मृत्यु

काठमाडौं,भदौ,७-सोमवार पछिल्लो २४ घण्टामा थप १ हजार ८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७०४ पीसीआर परीक्षण गर्दा १ हजार ५४८ र २ हजार ६२२ को एन्टीजेन परीक्षण गर्दा २५३ गरी कुल १ हजार ८०१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । 

त्यस्तै सोही अवधिमा देशभर २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सोमवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट २४ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ५३३ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ पुगेको छ । यसैगरी, सोमवार १ हजार ९२२ जना निको भएसँगै हालसम्म ७ लाख ९७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।