एनआरएनए जापानको अध्यक्षमा सुभाष,नयाँ कार्यसमितिमा कोको भए निर्वाचित ?

फाईल तस्विरमा : नवनिर्वाचित अध्यक्ष सुभाष लामिछाने संग कान्तोका सचिव सोहन कुमार खत्री

टोकियो,साउन,१३-गैर आवासीय नेपाली संघ (NRNA) जापानको १२ औं महाधिवेशनबाट आगामी २ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको छ।

जुलाई २७ तारिख आईतबारका दिन भर्चुअल मार्फत सम्पन्न मतपरिणाम अनुसार अध्यक्षमा सुभाष लामिछाने विजयी भएका छन्।उनले अर्का प्रत्यासी सिद्धार्थ श्रेष्ठलाई १,९५९ मतान्तरले पराजित गरेका हुन्।लामीछानेले ७ हजार १५२ मत ल्याए भने श्रेष्ठले ५ हजार १९३ मत ल्याएको बिहानी अनलाईन डटकमलाई जापानको कान्तो प्रान्तका सचिव सोहन कुमार खत्रीले जानकारी दिनुभयो।

उहाँका अनुसार यस्तै विरिष्ठ उपाध्यक्षमा टिकाराम खरेल विजयी भएका छन्। उनले अर्का प्रत्यासी कृष्ण गैरे शर्मालाई ४,९१ मतान्तरले पराजित गरेका हुन्।खरेलले ६,४१८ मत ल्याउदा गैरे शर्माले ५,९२७ मत ल्याएका थिए।

त्यस्तै उपाध्यक्षमा भने मुक्तिराम खनाल,दिलिप कँडेल, दिपक सुनार गरि तिन जना विजयी भएका छन्।यता क्षेत्रिय उपाध्यक्षमा भने विष्णुप्रसाद सुवेदी (विश्व) विजयी भएका छन्।उनले आफ्नो प्रतिद्धन्दी हरि प्रसाद कडेँललाई १,६२१ मतान्तरले पराजित गरेका हुन्।विश्वले कुल ६,९८३ मत प्राप्त गर्दा कडेँलले ५,३६२ मत पाएका थिए।

त्यसैगरी महिला उपाध्यक्षमा अञ्जु भण्डारी निरविरोध चयन भएका थिए।यता महासचिव पदमा भने श्यामकुमार श्रेष्ठ (श्याम शीतल) विजयी भएका छन्। उनले अर्का प्रत्यासी विश्वास गौतम खगराजलाई ४,२३ मतान्तरले जितेका हुन्।श्याम शीतलले ६,३८४ मत प्राप्त गर्दा खगराजले ५,९६१ मत ल्याए।

निकै चर्चाको विषय बनेको सचिव पदमा भने नेत्रप्रसाद पाण्डे र दिल्ली प्रसाद सापकोटा (विष्णु) विजय भएका छन्।चासोको विषयमा हेरिएको क्षेत्रिय सचिवमा भने सागर कार्की विजयी भएका छन्।उनले आफ्ना प्रत्यासी ज्ञानेन्द्र भट्ट ज्ञानुलाई ४,६८५ भारी मतान्तरले जितेका हुन्।

त्यसैगरी महिला सचिवमा ललिता तामाङ निर्विरोध चयन भएका थिए।यस्तै कोषाध्यक्ष मुक्तिराज रेग्मी विजयी भएका छन्।उनले अर्का प्रत्यासी कृष्ण प्रसाद पोख्रेल बाबुलाई २,२५५ मतान्तरले जितेका हुन्।रेग्मीले ५,७८६ मत पाउदा,पोख्रेलले ३,५३१ र अर्का प्रत्यासी राकेश लामाले ३,०२८ मत प्राप्त गरे। 

यस्तै सह-कोषाध्यक्ष रामु कँडेल विजयी भएका छन्।उनले अर्का प्रत्यासी भेष नाथ गौतम (कृष्ण)लाई १,०५९ मतान्तरले जितेका हुन्।कँडेलले ६,७०२ मत प्राप्त गर्दा गौतमले ५,६४३ मत ल्याएका थिए।

यसैगरी क्षेत्रिय सह-कोषाध्यक्ष सन्दीप जिसी विजयी भएका छन्।उनले अर्का प्रयासी रमेश गिरीलाई ३,९५ मतान्तरले विजयी भएका हुन्।जिसीले ४,४२४ मत पाउँदा गिरीले ४,०२९ मत ल्याएका थिए,भने अर्का प्रत्यासी नसिरधिन मियाले ३,८९२ मत ल्याए।

यता महिला सहकोषाध्यक्ष भने कामना भण्डारी निर्विरोध चयन भएका थिए।त्यस्तै महिला संयोजकमा मञ्जु गिरी पनि निर्विरोध चयन भएका थिए।

त्यसैगरी एनआरएनए जापानको यूवा संयोजक पदमा दिपक बुर्जा मगर विजयी भएका छन्। उनले अर्का प्रत्यासी समिर खड्कालाई ६,७२ मतान्तरले जितेका थिए। बुर्जाले ४,७३३ मत प्राप्त गर्नु भएको थियो,भने प्रतिद्धन्दी समिर खड्काले ४०६१ प्राप्त गरेका थिए।अर्का प्रत्यासी रन्जित महर्जनले ३५५१ मत प्राप्त गर्नुभएको थियो।

यसैविच सदस्यहरुमा कमलेश जीसी, मिलन अर्याल, नदीप गुरुङ,रमेश राज जैसी, निराजन मल्ल, कृष्णप्रसाद भूसाल,भीमबहादुर बुढ़ाथोकी ,सुरेश सापकोटा,प्रकाश विश्वकर्मा र महिला सदस्यहरुमा ईश्वरी अर्याल,सन्तोषी अधिकारी रहेका छन्।

यसैगरी : लेखा तथा अनुशासन समितिको संयोजकमा सचिन श्रेष्ठ चयन हुनुभएको छ भने, सदस्यहरुमा कृष्ण कंडेल र अशोक नीरौला सर्वसम्मतले चयन भएका थिए।

त्यसैगरी आईसीसी सदस्यहरुमा शिवहरि पौडेल, यदुराम सापकोटा, राजकुमार अधिकारी, सुमन कार्की, कृष्ण केसी, टीकाराम कँडेल, रामबहादुर खत्री(अर्जुन), रामबहादुर थापा चयन भएका छन्।

जापानमा रहेको कुल मतदाता संख्या १८ हजार ३ सय १४ जना रहेकोमा १२ हजार ३ सय ४५ जनाले मात्र भोट गरेका थिए।५ हजार ९ सय ६९ जनाले भोट गरेका छैनन्। तसर्थ यो कुल मतदाता संख्याको आधारमा हेर्ने हो भने ६७ दशमलव ४१ प्रतिशत खसेको निर्वाचन समितिले जनाएको छ।

आगामी २ वर्षे कार्यकालका लागि निर्वाचीत नयाँ कार्यसमितीको नामावली 

अध्यक्ष – शुभास लामिछाने
बरिष्ठ उपाध्यक्ष – टीकाराम खरेल
उपाध्यक्ष – मुक्तिराम खनाल
उपाध्यक्ष- दिलिप कँडेल
उपाध्यक्ष- दिपक सुनार
क्षेत्रिय उपाध्यक्ष – विष्णुप्रसाद सुवेदी(विश्व)
महिला उपाध्यक्ष – अञ्जु भण्डारी
महासचिव – श्यामकुमार श्रेष्ठ (श्याम शीतल)
सचिव- नेत्रप्रसाद पाण्डे
सचिव- विष्णुप्रसाद सापकोटा
क्षेत्रिय सचिव – सागर कार्की
महिला सचिव– ललिता तामाङ
कोषाध्यक्ष – मुक्तिराज रेग्मी
सह-कोषाध्यक्ष – रामु कँडेल
क्षेत्रिय सह-कोषाध्यक्ष – सन्दीप जिसी
महिला सहकोषाध्यक्ष कामना भण्डारी
युवा संयोजक – दिपक बुर्जा मगर
महिला संयोजक- मञ्जु गिरी
सदस्य – मिलन अर्याल
सदस्य- कमलेश जीसी
सदस्य- नवीन दीप गुरुंग
सदस्य- रमेश राज जैसी
सदस्य- निराजन मल्ल
सदस्य- कृष्णप्रसाद भूसाल
सदस्य- भीमबहादुर बुढ़ाथोकी
सदस्य- सुरेश सापकोटा
सदस्य- प्रकाश विश्वकर्मा
महिला सदस्य – ईश्वरी अर्याल
महिला सदस्य- सन्तोषी अधिकारी

लेखा तथा अनुशासन समिति
संयोजक :सचिन श्रेष्ठ
सदस्य:कृष्ण कंडेल
सदस्य :अशोक नीरौला

आईसीसी सदस्य
शिवहरि पौडेल
यदुराम सापकोटा
राजकुमार अधिकारी
सुमन कार्की
कृष्ण केसी
टीकाराम कँडेल
रामबहादुर खत्री(अर्जुन)
रामबहादुर थापा