छ बुँदे माग राख्दै विद्यार्थी संगठनहरुद्वारा प्रेस विज्ञप्ति जारी

नेपालगन्ज,भाद्र,५-

त्रिभुवन विश्वविद्यालयको अांगिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा संयुक्त विद्यार्थी संघ संगठनहरुले क्याम्पस प्रमुख, क्याम्पस प्रशासन समक्ष ६ बुँदे सुधारका माग राख्दै अाज संयुक्त प्रेस विज्ञप्ति निकालेका छन् ।

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा रहेका विभिन्न संकायमा नियमित पठनपाठन नहुने, पर्याप्त मात्रामा पुस्तकालयमा पुस्तकहरु उपलब्ध नभएको , क्याम्पसमा चर्को शुल्क लिने गरेको, सेमेष्टर प्रणालीमा अध्यापन हुने संकायको छात्रवृत्ति पारदर्शी गर्नुपर्ने , शैक्षिक क्यालेन्डर अनुसार पठनपाठन गराउनस पर्ने, स्ववियुको कोषको रकम सार्वजनिक गर्नुपर्ने , क्याम्पसमा सुधारका कामहरु नगरेको लगायतका विषयहरुमा केन्द्रित रहेर उक्त विज्ञप्ति निकालिएको नेपाल विद्यार्थी संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका इकाई सभापति चन्द्र प्रकाश देवकोटाले बताउनुभयो ।

संयुक्त विद्यार्थी संघ संगठनहरुमा अखिल क्रान्तिकारी महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका इकाई उपाध्यक्ष ध्रुव जोशी, अनेरास्ववियु इकाई सचिव प्रकाशबि-क- , ने-वि- संघ इकाई सभापति चन्द्र प्रकाश देवकोटा र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष संगम पोखरेल ले संयुक्त हस्ताक्षर गरि विज्ञप्ति निकालेका छन् ।

प्रेस विज्ञप्ती