नेपालगन्ज,भाद्र,४-
मध्य तथा सुदूर पश्चिमाञ्चल क्षेत्रमा प्राविधिक शिक्षाको रुपमा अाफनो नाम अग्रणी स्थानमा राख्न सफल नेपालगन्ज टेक्निकल कलेज नेपालगन्जले अाफनो कलेजमा अध्ययन सकेर जान लागेका विद्यार्थीहरुलाई एक कार्यक्रम गरि विदाई गरेको छ ।उक्त कलेजमा सामान्य चिकित्सा तृतीय वर्ष र ल्याब टेक्निसियन तृतीय वर्षको अध्ययन सकेर जान लागेका विद्यार्थीहरुलाई नेपालगन्जमा रहेको होटल के कम्प्लेक्स खनाल रोयल रेष्टुरेन्टमा विदाई गरिएको हो ।
नेपालगन्ज टेक्निकल कलेजले २०६५ साल देखि सामान्य चिकित्सा र २०७२ साल देखि ल्याव टेक्निसियन अध्यापन गराउदै अाईरहेको छ । कलेजमा सिभिल अोभरसियर, कम्प्युटर ईन्जिनियर पनि २०६५ साल देखि नै अध्यापन हुदै अाईरहेको कलेजका प्रवन्ध सञ्चालक किशोर कुमार पाण्डेले बताउनुभयो । नेपालगन्ज टेक्निकल कलेज प्राविधिक शिक्षाको लागि विद्यार्थीहरुको रोजाइ रहेको अभिभावकहरको भनाइ रहेको छ ।
शान्त वातावरणमा कलेज रहेको , अत्याधुनिक प्रयोगशाला , दक्ष शिक्षकले अध्यापन गराउने , सिसि क्यामरा जडान भएको , खेलकुदको लागि अाफनै प्राङ्गण रहेकोले कलेज रोजेर अध्ययन गर्न अाएको विद्यार्थी भुपेन्द्र राज भण्डारीले बताएका । बिदाइ कार्यक्रममा मन्तव्य राख्दै सामान्य चिकित्सा अध्ययनका संयोजक बिबेक चौधरीले अाफुले सिकेर गएकोमा सीप र शिक्षालाई सही तरिकाले व्यवहारमा लागू गर्न विद्यार्थीहरुलाई अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल ईन्जिनियर दामोदर ढकालले प्राविधिक शिक्षा विद्यार्थीहरुलाई दिन कलेज सफल रहेको छ अझ सुधार गर्नु पर्ने भएमा हामीहरु तयार छौं भनेर भन्नू भएको थियो । कार्यक्रमका प्रमुख अतिथि कलेजका प्रवन्ध सञ्चालक किशोर कुमार पाण्डेले शिक्षक र विद्यार्थीहरुमा पारीवारिक वातावरणमा अध्यापन गर्ने कलेजको चाहाना हो । हाम्रो कलेजलाई प्राविधिक शिक्षा दिनका लागि देशकै उत्कृष्ट कलेज बनाउनका लागि लागिपरेको उहाँले बताउनुभयो ।
उक्त बिदाइ कार्यक्रमको अध्यक्षता कलेका प्रिन्सिपल दामोदर ढकाल, प्रमुख अतिथिका रुपमा कलेजका प्रवन्ध सञ्चालक किशोर कुमार पाण्डे , अतिथिहरुमा कलेजका सामान्य चिकित्सा बिभागका संयोजक बिबेक चौधरी , ईन्जिनियर बिभागका संयोजक बिनोद लामिछाने , शिक्षकहरु ममता जोशी , सृष्टि श्रेष्ठ , महेश के-सी-, सिर्जना सापकोटा , राजेश देवकोटा , गौतम श्रेष्ठ , नेपालगन्ज टेक्निकल स्कुलका संयोजक पवन कैराती विभिन्न मिडियामा कार्यरत पत्रकारहरु लगायतको उपस्थिति रहेको थियोे ।उक्त कार्यक्रम सञ्चालक शिक्षक जनक बडुवालले गर्नुभएको थियोे ।