निसिनिहोन र कोकेन सेनमोन कलेजको स्पीच कम्पिटिसन सम्म्पन

मिलन मगर
फुकुओका जापान, जेठ ,२६-

निसिनिहोन स्कुल (जापानिज भाषा) र कोकेन सेनमोन कलेजको स्पीच कम्पिटिसन मिनामी सिविल सेन्तामा भब्यताका साथ सम्म्पन भएको छ।

सो कम्पिटिसनमा निसिनिहोन (जापानिज भाषा) मा अध्ययनरत बिद्यार्थीहरुले स्पीच कम्पिटिसन गरेको थिए, भने कोकेन सेनमोन कलेजका बिद्यार्थीहरुले आ-आफ्नो देशको कल्चर , फुकुओकामा बिदेसी बिद्यार्थीको डाटा लगायत अन्य कार्यक्रमहरु देखाएको थियो ।

सोही कार्यक्रममा नेपाल, बङ्लादेस श्रीलङका भेट्नाम म्यान्मार चिन का गरी जम्मा १५०० बिद्यार्थी सहभागि थिए । बिद्यार्थीसगै सोही बिधालयको शिक्षक, शिक्षिकाहरुको पनि बाक्लो उपस्थित रहेको थियो । स्पीच कम्पिटिसनमा उत्कृष्ट हुनेहरुलाई सोही बिद्यालयका सञ्चालिकाले प्रमाण पत्र समेत वितरण गर्नु भएको थियो ।