दाङको राप्ती उपक्षेत्रीय अस्पताललाई ५ सय वेडको बनाइदै

नरेश खड्का,

दाङ,जेठ,२६-

राप्ती उपक्षेत्रीय अस्पताल घोराहीले आर्थिक वर्ष २०७२/०७३ मा अस्पतालबाट ७१ हजार बढी बिरामीको स्वास्थ्य उपचार गरेको जनाएको छ । अस्पतालले बिहीबार घोराहीमा पत्रकार भेटघाट कार्यक्रम गरी आर्थिक वर्ष ०७२/०७३ मा ओपिडिबाट ७१ हजार ८ सय ९३ जनाले स्वास्थ्य उपचार गराएको जानकारी दिएको हो ।

अस्पतालको इमरजेन्सीमा २६ हजार ३ सय ७१ जना बिरामीले उपचार गराएका छन्, भने ०७२/०७३ मा ४ सय १७ जनाको यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि रिफर गरिएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट जनाद्र्धन पन्थीले पछिल्लो समयमा अस्पतालबाट रिफर हुने बिरामीको संख्यामा कमी आएको बताउँदै चालु आर्थिक वर्षको बैशाख सम्म २१ सय ८८ जनालाई लक्षित वर्गको निःशुल्क उपचारअन्तर्गत सामाजिक सुरक्षा ईकाईबाट सेवा लिएको जानकारी दिनुभयो ।

उहाँले भर्खरै सुरु गरिएको डायलासिस सेवा प्रभावकारी हुँदै गएको र अहिले अस्पतालमा ९ जनाले नियमित उपचार भइरहेको पनि बताउनुभयो । दुर्घटनामा घाइते भएर आउने बिरामीहरुको सन्दर्भमा आकस्मिक उपचार कोष निर्माणको तयारी गरिएको भन्दै निमित्त मेसु डा.पन्थीले अस्पतालबाट राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिणत भएको उपक्षेत्रीय अस्पताललाई पाँच वर्षभित्र पाँच सय वेडमा पु¥याउने लक्ष्य रहेको सुनाउनुभयो ।

प्रस्तावित अस्पतालको मल्टिकम्पलेक्स भवन र स्वास्थ्य विज्ञान प्रतिष्ठान भवनको नक्साङ्कन देखाउँदै उहाँले अस्पताल सुधारका लागि आफूले केही काम गरेर देखाएको दावी गर्नुभयो ।

त्यस्तै निमित्त मेसु डा. पन्थीले अस्पतालबाट निस्कने धारिलो तथा तिखिला सुईलगायत अस्पताल जन्य फोहर व्यवस्थापनका लागि ढक्कनसहितको कुवा निर्माण गरिएको, गज प्याड आदिको निर्मलीकरण गर्ने व्यवस्था मिलाइएको, अस्पताललाई ३ सय वेडको

बनाउन तथा सोही अनुसारको जनशक्ति व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयमा पहल गरिरहेको आइसियु, एआइसीयु सञ्चालनका लागि भौतिक पुर्वाधारसहितको आवश्यक जनशक्ति व्यवस्थापनका लागि मन्त्रालयलाई आवश्यक बजेट बिनियोजनका लागि अनुरोध गरिएको बताउनुभयो ।

आइसियु र एनआइसियु सञ्चालनका लागि २ करोड ७० लाख रुपैयाँ आवश्यक पर्ने भए पनि त्यसको व्यवस्थापन अस्पतालले गर्न नसक्ने बताउनु भएका डा. पन्थीले सरकारले १ करोड ८० ल