राम अन्जानको सिर्जनामा ,गायक राजु परियारकी छोरी दुर्गेश थापा संग मोड्लिंग गर्दै

सिर्जना वर्देवा,

ओखलढुङगा,जेठ,२६,

चर्चित लोक तथा दोहोरी गायक राजु परियारकी छोरी रेजिना परियार मोड्लिंग क्षेत्रमा उदाएकी छिन् । भर्खरै मात्र सार्बजनिक भएको मौलिक लोक दोहोरी गित “चिसो हावा पिपल छायामा” बोलको गित बाट मोड्लिंग क्षेत्रमा देखिएकी छिन् ।

चर्चित मोडल दुर्गेश थापा सगं यस म्युजिक भिडियोमा जोडी जमेको छ । प्रबासी गायक बिनोद लामिछानेको प्रस्तुती रहेको यस गितमा परदेशमा रहेर नेपाली लोक गित संगितलाई सिर्जना गर्ने सर्जक राम अन्जान परियारले लय तथा शव्द सिर्जना गरेका छन् ।

चर्चित गायीका देबी घर्ति मगर र बिनोद लामीछानेको सुमधुर स्वर रहेको छ भने शव्द संयोजनमा परियारलाई लामीछानेले साथ दिएका छन् । यस गितको म्युजिक भिडियोलाई निर्देशक एकिन्द्र सारा शंकरले निर्देशन गरेका छन् ।

छांयाकन करण चैसिरको रहेको छ भने भिडियोको सम्पादन अमर शाक्यले गरेका छन् । हिम सम्झौता डिजिटल प्रालिले दृष्य निर्माण गरेको यस म्युजिक भिडियो तथा अडियो लाई सोही म्युजिक कम्पनी हिम सम्झौता डिजिटल प्रालिले बजार व्यवस्थापन गरेको छ ।