एकिकृत बस्ति विकास कार्यक्रम बाजुरामा पनि लागु

रमित,बि.क.

बाजुरा जेठ,२२-

एकिकृत बस्ति विकास कार्यक्रम बाजुरामा पनि लागु हुने भएको छ । जिल्लाका विभिन्न गाउँपालिका तथा नगरपालिकामा रहेका जोखिम तथा भिरालो जमिनमा रहेका बस्तिहरुलाई कसरी व्यवस्थित गर्ने,सबै भन्दा बढी जोखिममा रहेका बस्तिहरु र कम जोखिममा रहेका बस्तिहरुको बारेमा जानकारी लिईने भएको छ ।

बढी जोखिममा रहेका बस्तिहरु पुःन स्थापना कहाँ गर्ने सार्नेुपर्ने बस्तिहरु कहाँ सार्ने र पुःन स्थापना कसरी गर्ने लगायत कार्यक्रमको उदेश्य रहेको शहरी विकास योजनाकार मनिसराज जोशीले बताउनुभएको छ । कार्यक्रममा पूर्वाधारको डिजाईन गर्ने,अर्थोपार्जनमा के कस्ता उपायहरु अबलम्बन गरी अध्ययन गरिने भएको छ ।

जिल्लामा रहेका जग्गा व्यवस्थापन,पुर्नेस्थापित बस्तिहरुमा के कस्ता पूर्वाधार डिजाईन र विस्तृत अध्ययन प्रतिबेदन तयार गरिने भएको छ । बाजुरामा कार्यालय स्थापना गरी शहरी विकास तथा भवन निमार्ण विभाग डिभिजन कार्यालय डोटी अन्र्तगत कार्यक्रम सञ्चालन हुने भएको छ ।