दर्जनबढी काँग्रेसका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश

माअाेवादिको एजेण्डा मन परेकाले पार्टि प्रवेश गरेको भनाई

मधुपौडेल

बाँके,जेठ,२६-

नेपाली काँग्रेस क्षेत्रिय महाधिवेशन प्रतिनिधि अमर खड्का माअाेवादि केन्द्रमा प्रवेश गरेका छन । बाँके जिल्ला पुर्व संगठन प्रमुख समेत भईसकेमा खड्का लगाएत दर्जनबढि जिल्लास्तरिय नेता तथा कार्यकर्ताहरू माअाेवादि केन्द्रमा समाहित भएका हुन । खड्का सहित तरूण दल जिल्ला काेषाध्यक्ष गैरव श्रेष्ठ पनि काँग्रेस परित्याग गरि माअाेवादिमा प्रवेश गरेका छन ।

आज शुक्रबार नेपालगन्जमा अायाेजित एक कार्यक्रममा खड्का र श्रेष्ठका अलावा तरूण दल जिल्ला सदस्य विक्रम शाहि, विष्णु चिडमार, शंकर बुढाथोकी र शम्भु बुढाथोकी पनि माअाेवादिमा समाहित भएका हुन ।

नव प्रवेशिहरूलाई माअाेवादि बाँके जिल्ला ईन्चार्ज महेश्वर गहतराज अथक, पार्टि जिल्ला संयाेजक अाई.पि. खरेल र नेपालगन्ज उपमहानगरपालिकाका मेयर पदमा उम्मेद्वार दामाेदर अाचार्यले संयुक्तरूपमा अबिर तथा खादा अाेढाएर पार्टि प्रवेश गराएका थिए ।

त्यसैगरि नेपालगन्ज उपमहानगरपालिकाका ईन्चार्ज अतहर हुसेन फारूकिले हँसिया हथाैडा अंकित टिसर्ट लगाईदिएका थिए । पार्टि प्रवेश कार्यक्रममा सम्वाेधन गर्दै नव प्रवेशि अमर खड्काले समय अनुसार देशकाे अामुल परिवर्तन गर्न सफल माअाेवादिकाे एजेण्डा मन परेकाले पार्टि प्रवेश गरेकाे बताए ।

उनले अाफ्नाे पुर्खा काँग्रेस भएकाले विगतमा जय नेपाल भनेपनि अब लालसलाम भन्दै बाँकेमा माअाेवादिकाे एजेण्डा स्थापित गर्न दृढ भएर लाग्ने प्रतिवद्दत समेत ब्यक्त गरेका छन ।