आज बडादशैं हर्षोल्लासका साथ मनाईदै : टीकाको साइत बिहान १०:३५ बजे

जापानमा दशैंको टीकाको साइत बिहान ७:२० बजे उत्तम

काठमाण्डौं,असोज,२१-

आज विजयादशमी पर्व !

आश्विन शुक्ल दशमीका दिनमा मनाइने हिन्दु नेपालीहरुको महान पर्व विजयादशमी पर्व आज हर्षोल्लासका साथ देशैभर मनाईदैछ ।आज मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकका रुपमा मानी लगाउने गरिन्छ । 

जमराले विभिन्न रोगव्याधमा औषधिका रुपमा काम गर्ने तथ्य वैज्ञानिक रुपमा समेत पुष्टि भइसकेको छ ।घटस्थापनाको दिन राखिएको जमरा आज वैदिक विधिपूर्वक विसर्जन गरेपछि दशैंको टिका लगाएर मनाईने गरिन्छ ।टीका प्रसाद ग्रहण गर्न अत्तम साईत आज बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पन्चाग निर्णयक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा.डा रामचन्द्र गौतमले बताएउनु भएको छ ।

यद्यपि, दुर्गाभवानीको प्रसाद लगाउन कुनै साइतको जरुरी नपर्ने उहाँले बताउनुभयो ।विजयादशमीको दिन देवी विसर्जनको साइत भने आज (मंगलबार) बिहान ८ बजेर ४५ मिनेटमा रहेको समितिले जनाएको छ ।

असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडा दशैंको सबैभन्दा महत्वपूर्ण दिन हो ।त्रेता युगमा आजैका दिन भगवान् रामले असत्यको प्रतीकको रुप लिएका रावणमाथि विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ ।

दसैँ घर तथा पूजा कोठामा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवी पूजा विसर्जन गरी निकालेपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाइन्छ ।

आज गुरु पुरोहित, हजुरबा हजुरआमा, बा आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उहाँहरुबाट यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवम् दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिँड्ने चलन रहेको छ।

यसैबिच : जापानमा दशैंको टिकाको उत्तम साइत जापान समय अनुशार अक्टोबर ८ तारिख मंगलबार विहान ७ बजेर २० मिनेट पछि  टिका लगाउने समय उत्तम रहेको छ ।

बिहानी अनलाईनका सिईओ : दिपेन्द्र सारु मगर

यसैगरी : विजयादशमीको उपलक्ष्यमा बिहानी अनलाईनका सिईओ दीपेन्द्र सारु मगरले सारा संसारभरी छरिएर रहेका सम्पूर्ण नेपालीमा शुभकामना सन्देश दिनुभएको छ । उहाँले आफ्नो शुभकामना शन्देशमा वर्षभरि आइरहने चाड र जात्रा नेपाली संस्कृतिका मौलिक विशेषता भएको उल्लेख गर्दै समस्त नेपाली दिदीबहिनी तथा दाजुभाईमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि बिहानी अनलाईन परिवारको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नु भएको छ ।