नेपाल र युएईको खेल भोली यथास्थानबाटै सुरु हुने,खेल हेर्न टिकट नलाग्ने

काठमाडौं,बैशाख,१८-नेपालमा जारी एसीसी प्रिमियर कपमा आज सोमबार भएको नेपाल र युएईबीचको फाइनल खेल स्थगित भएको छ ।

बाँकी रहेको खेल मंगलबार रिजर्भ डेमा हुनेछ।टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७ दशमलब ३ ओभरमा ९ विकेट गुमाउदै १ सय ६ रन बनाएको अवस्थामा खेल बर्षाका कारणले रोकिएको थियो।भोली मंगलबार यथा स्थानबाटै युएईले ब्याटिङ सुरु गर्नेछ ।

युएईका लागि आसिफ खानले ५४ बलमा ७ चौका र १ छककाको सहयोगमा ५४ रन बनाए।खानलाई ललिनारायण राजवंशीको बलमा विकेट किपर आसिफ शेखबाट समातिए । 

ओपनर आर्यान लाक्राले २८ बलमा २३ रन बनाए।वसिल हमिद र आसिफ खानले छैटौं विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए।वासिलले २७ बलमा १० रन बनाएका थिए।कप्तान तथा ओपनर मुहम्मद वासिमले १ चौका र १ छक्काको सहयोगमा ८ बलमा ११ रन बनाए। 

नेपालका लागि ललितनारायण राजवंशीले ४ दशमलब ३ ओभरमा ५ रन खर्चिएर ३ विकेट लिए।करण केसी र सन्दीप लामिछानेले समान २/२ तथा गुलसन झा,सोमपाल कामीले समान १/१ विकेट लिए।नेपाल युएईलाई पराजित गरेर नेपाल पहिलो पटक एसिया कप खेल्ने लक्ष्यमा रहेको छ ।

उता, नेपालसँग जित हात पारेर युएई चौथोपटक एसिया कपमा स्थान बनाउन चाहन्छ।नेपाल र युएईबीचको खेल बिहान नौ बजेबाट टियु क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ।सन् १९८४ बाट सुरु एसियाकपको १६ औं संस्करणको प्रतियोगितामा नेपाल पहिलो पटक सहभागीता जनाउने लक्ष्यमा रहेको छ । 

फाईल तस्विर : एशियन क्रिकेट काउन्सिलको फेसबुक पेजबाट साभार !!

यसैबिच : नेपाल र यूएईबीच भोलि हुने खेल हेर्न दर्शकले नयाँ टिकट किन्न नपर्ने भएको छ।नेपाल क्रिकेट संघ क्यानले नेपाल र यूएईबीचको भोलि हुने बाँकी खेल निशुल्क हेर्ने दिने जनाएको छ ।

‘आज टिकट काटेका समर्थकलाई पहिलो प्राथमिकता दिन्छौं,’ क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले अनलाइनखबरसँग भने, ‘ठाउँ बाँकी रह्यो भने अरु समर्थकले पनि निशुल्क हेर्न पाउनुहुन्छ ।’

नेपाल विरुद्ध भोलि यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाएको स्थितिबाट अघि खेल्न थाल्ने छ । आज यो स्थितिमा पानी परेपछि खेल रोकिएको थियो ।