काठमाडौं,फागुन,४-निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको तालिका सार्वजनिक गरेको छ ।
आयोगले शुक्रबार पारित गरेको निर्वाचत कार्यक्रम अनुसार स्थानीय तहको निर्वाचनका लागि बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ ।
आयोगले निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको हो।उजरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर १५ वैशाखमा उम्मेदवारको नाम सार्वजनिक गर्ने आयोगले जनाएको छ ।
उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गते समय दिइने छ । त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिनेछ भने १७ गते चुनाव चिन्ह प्रदान गरिने छ ।
बैशाख ३० गते विहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।त्यसको ४८ घण्टाअघि अर्थात वैशाख २७ गते मध्यरातदेदि मौन अवधि लागू हुने छ ।