जापानमा माघी पर्वको रौनक फोटोफिचर

जापान,पुस,३०-

नेपाल मगर संघ क्युशु जापानले विगतका वर्षमा झैं  आज माघे संक्रान्ति पर्व धुमधामले मनाउदै छ । सांस्कृतिक कार्यक्रम सहित अहिले संघले माघे संक्रान्ति मनाईरहेको छ ।

आजको कार्यक्रममा स्वागत तथा शुभकामना मन्तव्य दिदै संघका बरिष्ठ  उपाध्याक्ष दिपक राना मगरले भन्नुभयो यो पर्वले सबै मगर समुदायको पहिचाहन र सस्कृतीलाई जगेर्ना गर्नु पर्ने भन्दै यस पर्वले अझ सबैलाई भाईचाराको सम्बन्ध हुने कुरामा टेवा पुग्ने बताउनुभयो ।

यस्तै : कार्यक्रमका प्रमुख अतीथीको रुपमा रहनु भएका तथा बिगत १२ र १३ वर्ष देखी जापान बस्दै आउनु भएका अर्जुन पुन मगरले माघीको शुभकामना मन्तव्यमा मगर समुदायको यो पर्वले प्रदेशमै रहेपनी आफ्नो पहिचाहनलाई नभुलेको र मगर संघको जापानमा स्थापना भए यता एकदमै राम्रो काम गर्दै आईरहेको प्रती सर्हानीय व्यक्त गर्दै माघी पर्वको सबैलाई शुभकामना अर्पण गर्नुभयो ।

यस्तै : लायन्स क्लव क्यूसुका अध्यक्ष अर्जुन थापाले आफ्नो शुभकामना मन्तव्यमा सबैलाई माघी पर्वको शुभकामना दिदै सबैले आ-आफ्नो रितीरिवाजलाई बिर्सन नहुने बताउनुभयो । उहाँले माघी पर्वले एक आपसमा चिन्ने मौका मिलेको भन्दै खुसी व्यक्त गर्नुभयो ।

यसैविच कार्यक्रमको अन्तमा नेपाल मगर संघ क्यूसु फुकुओका जापानका अध्यक्ष मिलन मगरले कार्यक्रमको समापन गर्दै आफ्नो शुभकामना मन्तव्यमा यो माघी पर्वले सबैलाई एक आपसमा मिलन गराएको र मगर समुदायको संस्कृतीलाई जगेर्ना गर्नको लागी कार्यक्रममा सहभागी हुने सबैलाई धन्यवाद दिदै शुभकामना दिनुभयो ।

(जापानमा माघी पर्वको रौनक फोटोफिचर )