नेपालगंजमा उत्कृष्ट फोटोग्राफरहरुलाई सम्मान

बाँके,पुस,२९-

एन पि जे फोटोग्राफरले आज एक कार्यक्रमको  विजयी फोटोग्राफरलाई सम्मान गरेको छ । एक महिनाको अवधीभर खिचीएको फोटोलाई प्रतीस्प्रधा गराई उत्कृष्ट हुनेलाई सम्मान गरेको हो । 

उत्कृष्ट ३ फोटोग्राफरहरु : गुड्डु जरगर, नदिम शाह, बिबेक शाही ( तस्विर : एल्बिन कार्कि)

उत्कृष्ट फोटो खिची सम्मान हुनेहरुमा गुड्डु जरगर प्रथम भएका छन् भने, नदिम शाह द्विर्तीय र बिबेक शाही तृर्तीय भएका हुन् । विजेता ३ नै जनालाई नेपालगंज फोटोग्राफरको तर्फबाट बिशाल राना मगरले दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । 

(तस्विर : एल्बिन कार्की)

एक महिना सम्म प्रतीस्प्रर्धा गराईएको कार्यक्रमबाट थप फोटो ग्राफरहरु तथा भर्खरका नयाँ युवापुस्ताहरु जो आफुलाई फोटो ग्राफरको माध्यमबाट प्रोफेशनल बन्न चाहानेहरुका लागी प्रोत्साहन स्वरुम कार्यक्रम नै आयोजना गरी सम्मान गरीएको आयोजकले बताएको छ । 

(तस्बिर: एल्बिन कार्की)

कार्यक्रमको प्रायोजक भने राजा खान नेपालगंज सर्जीकल विपी चोक ले गरेको थियो । कार्यक्रममा प्रायोजकको तर्फबाट रन्जीता  ढकाल थापाले विजेता हुनेहरुलाई क्रमश : प्रथम हुनेलाई रु.५००, दोस्रो हुनेलाई रु.२०० र तेस्रो हुनेलाई रु.१०० को रिचार्ड कार्ड पुरस्कार स्वरुप वितरण गर्नु भएको थियो ।

(तस्विर : एल्बिन कार्की)

कार्यक्रममा नेपालगंजमा रहेका दुई दर्जन भन्दा बढी फोटोग्राफरहरुको उपस्थीती रहेको थियो । भविश्यमा नयाँ युवा पुस्ताहरुले नेपालगंजमा पनी फोटोग्राफी सम्बन्धी कार्यशाला खोल्न सक्ने योजना रहेको आयोजक एन पि जे फोटोग्राफरले जनाएको छ ।

(तस्विर :एल्बिन कार्की )