चलचित्र “सायद २” आजबाट अल नेपाल प्रर्दशन

दर्शकको निक्कै राम्रो प्रतिकृया

विवेन,

काठमाण्डौं,असार,३०-

चलचित्र “सायद २” आज शुक्रवार बाट अल नेपालका सिनेमा हलहरुमा प्रदर्शन भएको छ । आज बाट प्रदर्शन भएको चलचित्र “सायद २”ले निक्कै राम्रो प्रतिकृया पाइरहेको छ ।

सुनिल रावल को निर्माणमा दुर्गिश ब्यानर को यो चौथो प्रस्तुती हो । सायद,होस्टेल, र होस्टल रिटर्न्स जस्ता हिट फिल्म निर्माण गरी सकेको यस् ब्यानरले चलचित्र मा नयाँ अनुहारको साथ मा नयाँ कथा को बनावटले गर्दा सुनिल को फिल्म का दर्शकहरु छुट्टै आनन्दित हुनेमा निर्माता ढुक्क छन ।

आजको पहिलो दिनमै यो चलचित्रले प्रतिकृया राम्रो बटुलेको छ । आशा छ पहिलाका चलचित्र जस्तै सायद २ पनि सुपर हिट होस् । 
हाम्रो बिहानी अनलाईन परिवारको तर्फबाट धेरै धेरै शुभकामना चलचित्र “सायद २” टिमलाई ।