ठमेल बजार र काले दाई गीत गाँउने गायीकाको नँया हिट गीत मायाले बोलायो (भिडियो सहित)

काठमाण्डौं,असार,३०-

ठमेल बजार र काले दाइ जस्ता चर्चित गित गायर सफल भएकी गायिका मिना पोखरेल ले फेरि अर्को दमदार गित गायकी छिन।मलाइ त मेरो मायाले बोलायो बोलको गित गायकी हुन।जस्मा शब्द रेश्मा सोनि शाही र हिमांशु शाहीको संयुक्त रुपमा रहेको छ भने हिमाशु शाहीको एकल संगीत रहेको छ।

उनको संगीतमा थुप्रै चर्चित गायक गायिकाको आवाजमा गित रेकर्ड गराइसकेका छन।यश गितको पुरुष स्वर बल बटाला ले दिएका छन।कैलाली ,लम्की चुहा नगरपालिका -४ का स्थायी बासिन्दा संगितकार हिमांशु मोफसलमा बसेर नै थुप्रै गितमा संगित दिएका छन।

गितसंगीत लाई नै आफ्नो कर्म क्षेत्र बनाउने उदेश्य ले यस क्षेत्रमा लागेको कुरा बताए।संगीतकार शाही त्यस्ता ब्यक्ती हुन जस्ले नयाँ नयाँ उदयिमान कलाकार लाई आफ्नै रिस्कमा गित गाउन लगाएका छन।उनी भन्छन सबैको इच्छा हुन्छ चाहाना हुन्छ म मा पनि कुनै बेला त्यस्तै चाहाना थियो त्यसैले कसैको इच्छा चाहाना नमरोस भन्ने खातिर यसो गरेको बताए।

मलाइ त मेरो माया ले बोलायो यो गित र गायिका मिना पोखरेल बल बटाला बाट ठूलो आशा राखेको छु उनी बताउछन।यो गित विशेष गरि टिनेजर्स का लागि तयार पारिएको हो एउटा रोमान्टिक गित हो।आशा छ सबै माया गर्ने जोडीको ढुकढुकी बन्न सकोस उन्को चाहाना रहेको छ।

ठमेल बजार,काले दाइ लगायत थुप्रै गित हिट भएकी गायिका सङ्ग काम गर्न पाउनु मेरो खुशीको कुरा हो त्यसैले म यो गित बाट र उहाँ बाट धेरै आशाबादी रहेको हामी सङ्गको कुरा मा बताए ।उनी निर्धक्क साथ भन्छन यो गित मेरो लागि टर्निङ्ग पैइन्ट बन्नेछ।

भिडियो हेर्नुहोस् ।।