खजुरा महोत्सवमा जानकी तारामी र रमेशराज भट्टराइले दर्शकलाई झुमाए।

नेपालगन्ज , माघ २५
खजुरा महोत्सवको दोस्रो दिन शुक्रबार चर्चित गायक रमेशराज भट्टराई र चर्चित गायिका जानकी तारामी मगरले प्रस्तुति दिएका छन ।मौसम प्रतिकुलताका कारण दर्शकको उपस्थिति केही पातलो रहेता पनि उपस्थित दर्शकलाई गायक भट्टराई र गायिका मगरले छमछमी नचाएका थिए ।

चर्चित गीत डाड दुखेर मारो गीत गाउँदै स्टेज उक्लेकी गायिका मगरले पानीपुरिको, झम्के मायालु, मगरनिको सेलरोटी लगाएतका करिव दर्जन गीतहरु गाएर दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेकी थिइन । त्यस्तै महोत्सवको अर्का आकर्षणमा रहेका चर्चित गायक रमेशराज भट्टराईले पनि दर्शकलाई उफारी उफारी नचाएका थिए ।

उनका चर्चित गीतहरु फिदा भाको छु, बेहुला, राखी लगाएत करिव आधादर्जन गीतहरु गाएर दर्शकहरुलाई झुमाएका थिए । गायक भट्टराईले बेहुला गीत गाउँदा दर्शकबाट वान्समोर पनि पाए । साथै मेलामा पहिलो चरणको एकल नृत्य प्रतियोगिता पनि सम्पन्न भएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय राष्ट्रपति महिला उत्थान कार्यक्रमको आयोजनामा बाँकेको खजुरामा सुरु भएको ‘प्रथम प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सव–२०७५’ मा तेस्रो दिन माघ २६ गते शनिबार चर्चित गायक टंक बुढाथोकी, अशोक दर्जी, एआर बुढाथोकी लागाएतका कलाकारहरुको बेजोड प्रस्तुति रहने प्रचारप्रसार उपसमितिका संयोजक भागवत प्रसाद कडेलले जानकारी दिनु भयो। आयोजकका अनुसार माघ २४ देखि सन्चालन भएको महोत्सव फाल्गुन ५ गते सम्म सन्चालन हुनेछ ।