आदर्श मावि नेपालगन्जद्वारा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न।

 

नेपालगन्ज, माघ २५
आदर्श मावि नेपालगन्जमा शुक्रबार हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।

बिद्यालयको आयोजनामा सम्पन्न उक्त हाजिरी जवाफ प्रतियोगितामा जम्मा ८ समुहले सहभागिता जनाएका थिए।जसमध्ये होटल म्यानेज्मेन्ट १२ प्रथम, कम्प्युटर साइन्स द्वितीय र बिज्नेस स्ट्डिज समुह तृतीय भएका थिए।

बिद्यालयको वार्षिक कार्यतालिका अनुसार विभिन्न अतिरिक्त कार्यक्रम गर्दै आएको र त्यसै अनुरुप विद्यार्थीहरुको अतिरिक्त क्षमता वृदी बिकास गराउने उदेश्यले यस हप्ताको शुक्रबार हाजिरी जवाफ प्रतियोगिता सम्पना गरेको आगामी हप्ताहरुमा पनि बिभिन्न अन्य कार्यक्रम गर्ने बिद्यालयका प्रीन्सिपल बिरभान केसीले बताउनु भयो ।

साथै हाजिरी जवाफ प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने समुहलाई पुरस्कार बितरण फाल्गुन ११ गते गरिने पनि प्रीन्सिपल केसीले बताउनु भयो।महेश्वर जोसीले सन्चालन गर्नु भएको कार्यक्रममा सहजिकरणको भुमिका भने भानु रेग्मिले र भरत बिष्ट्ले गर्नु भएको थियो।