टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल भुर्तेलको शतक

फाईल तस्विरमा : कुशल भुर्टेल

काठमाडौं,फागुन,७-आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको ग्लोबल छनोटअन्तर्गत नेपालको दोस्रो खेलमा कुशल भुर्तेलले अन्तर्राष्ट्रिय शतक प्रहार गरेका छन् ।

ओमानको मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा भएको फिलिपिन्सविरुद्धको खेलमा भुर्तेलले पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका हुन् ।

५७ बलको सामना गरेका भुर्तेलले १३ चौका र १ छक्काको मद्दतमा १ सय रनको पूरा गरेका हुन् ।यसअघि टी–ट्वान्टीमा नेपालको तर्फबाट पारस खड्का र ज्ञानेन्द्र खड्काले शतक प्रहार गरेका छन् ।