थपिए १०४३ जना कोरोना संक्रमित, संक्रमणबाट १२ जनाको मृत्यु

काठमाडौं,असोज,२०-नेपालमा विगत २४ घण्टामा १ हजार ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको जानाकारी अनुसार सो अवधिमा ११ हजार १६५ पीसीआर ओटा परीक्षण गर्दा ८४९ जना र ४ हजार ३०० ओटा एन्टिजेन परीक्षण गर्दा १९४ जना गरी कुल १ हजार ४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सो अवधिमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या ८९१ रहेको छ।यसैगरी सो अवधिमा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ।

योसँगै नेपालमा कोरोना  संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार १९२ पुगेको छ।हाल नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १६ हजार १९४ जना रहेको छ ।