उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौं,कार्तिक,२१-

यही मंसिर १४ गते हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।तयारी पूरा भएसँगै आयोग आजदेखि निर्वाचन कार्यक्रम कार्यान्वयनको चरणमा प्रवेश गरेको छ।

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने आयोगको कार्यसूची छ ।कास्की निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।

प्रदेशसभा सदस्यतर्फ भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को (क), बागलुङ निर्वाचन क्षेत्र नम्बर २ को (ख) र दाङ निर्वाचन क्षेत्र नम्बर ३ को (ख) मा उपनिर्वाचन हुँदैछ ।स्थानीय तहका उमेदवारको मनोनयन दर्ता भने यही कात्तिक २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने आयोगको कार्यसूची छ । 

निर्वाचन आयोगका अनुसार स्थानीय तहको पदाधीकारीहरु तर्फ एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँद्यैछ ।उपनिर्वाचन हुने ३७ जिल्लाका चार लाख ५४ हजार ११४ जना मतदाताले चुनावमा भाग लिँदैछन् ।

२०७४ सालमा निर्वाचन भइ बिभिन्न कारणले रिक्त भएका प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका विभिन्न पदाधिकारीसमेत गरी ५२ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।