चौंथो ओहासी कपको टाईसिट सार्वजनीक : बिहानी एफसी “डी” ग्रुपमा

प्रतीयोगितामा १६ वटा टिमले सहभागिता जनाउने

फुकुओका,जापान,कार्तीक,२०-

चौंथो ओहासी फुटसल कपको आज टाईसिट सार्वजनीक गरिएको छ।ओहासी ग्रुपको आयोजनामा जापानको फुकुओकामा हुन लागेको चौथो ओहासी फुटसल कप प्रतीयोगिताको  टाईसिट नान हाउसमा एक कार्यक्रम गर्दै सार्वजनीक गरिएको हो ।

प्रतीयोगितामा १६ वटा टिमले सहभागिता जनाउने भएको छ । सहभागी टिमलाई ४ वटा ग्रुपमा विभाजन गरिएको छ । उक्त प्रतीयोगीताको विजेता टिमले ३ लाख जापानीज येन सहित ट्रफि र मेडल प्राप्त गर्नेछ, भने उपविजेता टिमले १ लाख ५० हजार जापानीज येन सहित मेडल प्राप्त गर्नेछ ।

प्रतीयोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट किप्पर, उत्कृष्ट अंक ल्याउने अनुशासित टिमलाई पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।प्रतियोगिता यहि नोभेम्बर ९ तारिख अर्थात कार्तिक २३ गते शनीबारका दिन बिहान १० बजेबाट फुकुओकाको हाकाताकु इसोदा २-३-३ मा रहेको फुटसल खेल मैदानमा ( 福岡市博多区井相田2- 3-3 ) हुनेछ ।

(टाईसिट हेर्नुहोस)