आजको राशिफल ।। फाल्गुन ७ गते आईतवार

काठमाण्डौ,फाल्गुन,७-आज विक्रम संवत २०७९ साल फाल्गुन महिनाको ७ गते आईतवार, (फेब्रवरी १९ तारिख ) फाल्गुन कृष्ण चतुर्थी तिथि।आज प्रजातन्त्र दिवस / निर्वाचन दिवस पनि रहेको छ। 

आज फाल्गुन ७ आईतवारको राशीफल !!

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ हुनेछ । प्रेमीको साथ र सहयोग पाइनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन जोशजाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनसक्छ । पारिवारिक सुख पनि मिल्नेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन मन खिन्न हुने स्थिति आउनेछ । मानसिक चिन्ता र चञ्चलता बढेको महसुस हुनेछ । प्रेममा बाधाका साथै मन कमजोर रहने देखिन्छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ वस्त्र र अलङ्कारको प्राप्ति होला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक कार्यमा मन जानेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यहरूसँग भेटघाट हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योग पनि छ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला । कार्यमा सफलता पाइनेछ । दिनको उत्तरार्धमा धन खर्च बढ्न सक्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन आँटेको र ताकेको कार्य पुरा होला । रमाइलो यात्राको योग रहेको छ । नयाँ कार्यको योजना बन्ला । अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्ने र नयाँ कार्यको प्रारम्भ हुनसक्छ । सामाजिक तथा परोपकारमा पनि रुचि बढ्नेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आजको दिन बन्धुबान्धवबाट सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अधुरो काम पूरा हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन सरकारी निकायको भय रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यप्रति सजग रहनु होला ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मीन राशि हुनेहरुका लागि आजको दिन आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनसक्छन् । समाजसेवामा र धार्मिक कार्यमा मन पनि जानेछ ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल