सुदूरपश्चिममा माओवादीले टुंग्यायो मन्त्रीको नाम, आजै शपथको तयारी

कैलाली,जेठ,५-नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीका रुपमा पठाउने प्रदेशसभा सदस्यको नाम टुग्याएको छ।

संसदीय दलका नेता खगराज भट्टले सरकार पठाइने मन्त्रीको नाम टुंगिएको जानकारी दिनुभयो।नेता भट्टका अनुसार कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट साउदलाई मन्त्री तथा समानुपातिक सांसद गितादेवी माललाई राज्यमन्त्री बनाउने गरी नाम टुग्याइएको हो।

उनीहरुले आज सपथ ग्रहण गर्ने नेता पनि भट्टले बताउनुभयो।यसअघि कञ्चनपुरका ओमबिक्रम भाट, अछामका अक्कल रावल र दार्चुलाकी लक्ष्मी बिक सरकारमा जाने सहमती भएको नेताहरुले बताउने गरेका थिए।तर अन्तिम समयमा भने उनीहरुको नाम काटिएको हो।

नेपाली कांग्रेसबाट सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बन्नु भएका कमलबहादुर शाहले सरकारले शुक्रबार पूर्णता पाउने जानकारी दिनु भयो।मुख्यमन्त्री शाहले दलहरुबीच भागवण्डा मिलेकाले आज सरकारलाई पूर्णता दिइने बताउनुभयो।ईमेजखबरबाट