दाङको बार्हकुने दहमा निशुल्क स्वास्थ शिबिर सम्पन्न

रोशन घर्ती/

दाङ,माघ,१-

त्रिभुवननगर जेसिज र दाङ महिला जेसिजको संयुक्त आयोजनामा आज बार्हकुने दहमा निशुल्क स्वास्थ शिबिर सम्पन्न भएको छ । निशुल्क रुपमा संचालन गरिएको एक्दिने स्वास्थ्य शिबिरमा सुगर,युरिक एसिड, सम्बन्धि चेकजाँच गरिनुका साथै शिबिरमा ४०० जना भन्दा बढीले स्वास्थ्यलाभ लिएका थिय ।

साथै उक्त शिबिरमा २५० जना बिरामीहरुलाइ निशुल्क रुपमा औषधि समेत बितरन गरिएको थियो । यसैगरी दह मेलामा आएका घाइते भएका दर्शनार्थीहरु लाई समेत शिबिरले प्राथमिक उपचार गरेको दाङ महिला जेसिज का महासचिव ममता बिश्ट्ले बताउनुभयो ।

स्वास्थ्य संयोजक सागर शर्माको संयोजनमा सन्चालन गरिएको निशुल्क स्वास्थ्य शिबिरमा डाक्टर बसन्त रेग्मी, नर्शहरुद्वय तारा गिरि र सुन्तली चौधरी ले स्वास्थ्य सेवा दिनुभएको थियोे ।

यसैगरी स्वास्थ्य शिबिर सन्चानका लागि ग्लोबल डाइग्नोश्टिक सेन्टरले सहयोग गरेको त्रिभुवननगर जेसिजका महासचिव बुद्दिप्रकाश शर्माले बताउनुभयो ।

निशुल्क स्वास्थ्य शिबिर कार्यक्रममा त्रिभुवननगर जेसिजका अध्यक्ष लालमनी भण्डारी र दाङ महिला जेसिजका अध्यक्ष डोमा पान्डेय लगायत,जेसिजका अन्य सदस्यहरुको पनि उपस्थिति रहेको थियो  । जेसिज दाङले विभिन्न समय- समयमा यस्ता सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।