ओखलढुंगामा भूकम्प सुरक्षा दिवस मनाईयो

सिर्जना बर्देवा/ 
ओखलढुंगा,माघ,२-
ओखलढुंगा सहित देशैभर आज २० औं भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाइएकोे छ । जिल्ला विपत् व्यवस्थापन समितिको आयोजना तथा जिल्ला अगुवा संस्था सबल,नेपाल रेडक्रस सोसाइटी लगाएतका निकायहरुको सहयोगमा दिवस मनाईएको हो ।

विक्रम सम्बत १९९० साल माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा यसवर्ष पनि ‘सबल समुदाय र स्थानीय सरकारः भूकम्पीय सुरक्षाको बलियो आधार’ भन्ने मुल नाराका साथ दिवस मनाईएकोे हो ।

दिवसको अवसर पारेर सदरमुकाम ओखलढुंगामा विहान सदरमुकामा र्याली निकालिएको थियो । र्याली नगरपरिक्रमा गरि सदरमुकाम स्थित खाद्यगोदाम परिषरमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी,पुनर्निर्माण प्रधिकरणका प्रतिनिधि र विपद्का क्षेत्रमा क्रियाशील सरकारी तथा गैरसरकारी निकायका पदाधिकारी,पत्रकार लगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।