स्थानीय तह निर्वाचन दोस्रो तहको मतगणना अपडेट

५० स्थानमा अग्रता लिदै काँग्रेस लिडिङ गर्दै ,पछ्याउदै एमाले

काठमाण्डौ,असार,१५-

रोल्पाको माडी गाउँपालिका वडानम्बर १ मा माओवादी अध्यक्षका उम्मेदवार आमबहादुर घर्ती नेतृत्वको प्यानल विजयी भएको छ ।

यस्तै

प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ६ मा एमालेका कुलबहादुर रोकाको प्यानल बिजयी भएको हो । रोकाको ४९३ मत, निकटतम प्रतिद्वन्द्वी माओवादीको ३०३ मत रहेको थियो ।

यसैविच

नवलपरासीको बर्दघाट नगरपालिका १ मा एमालेका अध्यक्ष पदका उम्मेदवार मोतिलाल सुनार विजयी भएका छन् ।

त्यस्तै

बैतडीको शिवनाथ गाउँपालिका १ को अध्यक्षमा एमालेका करन पार्की ५७८ मत ल्याएर विजयी भएका छन् ।

यसैगरि

पाल्पाको माथागढी गाउँपालिका ८ को वडाध्यक्षमा कांग्रेसको प्यानल विजयी। अध्यक्षमा लिलबहादुर ढेंगा निर्वाचित भएका हुन् ।

यस्तै

रूपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर १ मा संघीय समाजवादी र नयाँ शक्तिका उमेदवार बाबुराम पाल विजयी भएका हुन् ।उनीले ८०० मत ल्याएका थिए ।

यसैगरि

उदयपुरको ताप्ली गाँउपालिकाको वडा नम्बर १ र २ नेकपा एमालको प्यानल नै विजयी भएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी राजन थापाले जनाएका छन् ।

यसैगरि

प्रधानमन्त्रीको गृह जिल्ला डडेल्धुरामा एमालेको विजयी सुरुवात गरेको छ ।अमगरगढी नगरपालिका वडा नं ११ मा एमाले उम्मेदवार सूर्यप्रकाश खड्का प्यानलसहित विजयी भएको हो ।

त्यस्तै 

दाङमा बंगलाचुली गाउँपालिका वडानम्बर १ मा काँग्रेसका पदम केसीको प्यानल विजयी भएको छ ।

हाल सम्मको नतिजालाई हेर्ने हो भन नेपाली काँग्रेसले ५० स्थानमा अग्रता लिदै लिडिङ गरिरहेको छ भने नेकपा एमालेले त्यसलाई पन्छयाउदै ४७ स्थानमा अग्रता जमाएको छ, भने नेकपामाओवादि केन्द्रले पनि १६ स्थानमा अग्रता लिईरहेको छ ।