दाङमा ६ स्थानीय तह मध्य चार तहमा माओवादी केन्द्रको अग्रता

रोशन घर्ती,

दाङ,असार,१५-

दाङमा मतगणना भैरहेका ६ स्थानीय तह मध्य चार तहमा माओवादी केन्द्रले अग्रता लिएको छ । शान्तिनगर,गढवा,राप्ती र राजपुर गाउँपालिकामा माओवादी केन्द्रले अग्रता लिएको छ भने बंगलाचुली गाउँपालिकामा भने कांग्रेसले विजय हासिल गरेको छ ।

यस्तै दंगिशरण गाउँपालिकामा नेकपा एमालेले अग्रता लिएका छन् ।
शान्तिनगर गाउँपालिकामा माओवादी केन्द्रले अध्यक्षमा २ सय ३८ र उपाध्यक्षमा ३ सय ९३ मत पाएको छ । कांग्रेस अध्यक्षमा २ सय ७ र उपाध्यक्षमा २ सय २३ मतका साथ दोस्रो स्थानमा छ ।

यस्तै एमाले अध्यक्षमा १ सय ६३ र उपाध्यक्षमा १ सय ८७ मतका सात तेस्रो स्थानमा छ । यसैगरी गढवा गाउँपालिकामा माओवादी केन्द्र अध्यक्षमा १ सय सात र उपाध्यक्षमा एक सय सात मतका साथ अग्रस्थानमा छ भने एमाले अध्यक्षमा ८७ र उपाध्यक्षमा ९४ मतका साथ दोस्रो एवं कांग्रेस अध्यक्षमा ५० र उपाध्यक्षमा ५६ मतका साथ तेस्रो स्थानमा छ ।

राप्ती गाउँपालिकामा माओवादी अध्यक्ष १ सय ९७ र उपाध्यक्षमा २ सय १ मतका साथ अग्रस्थानमा छ,कांग्रेस १ सय ५३ अध्यक्ष र १ सय ५२ उपाध्यक्ष सहित दोस्रोमा र अध्यक्षमा ६६ र उपाध्यक्षमा ६७ मतका साथ एमाले तेस्रो स्थानमा छ ।

राजपुर गाउँपालिकामा अध्यक्षमा ३ सय १९ र उपाध्यक्षमा ३ सय ३८ मतका साथ नेकपा माओवादी केन्द्र अग्रस्थानमा छ भने अध्यक्षमा २ सय ७९ र उपाध्यक्षमा २ सय ३८ मतका साथ कांग्रेस दोस्रो स्थानमा रहेको छ भने अध्यक्षमा १ सय ६० र उपाध्यक्षमा १ सय ५६ मतका साथ तेस्रो स्थानमा रहेको छ ।  

यसैगरि घोराही र तुलसीपुर उपमहानगरपालिकामा केहिबेर अघि देखि मतगणना सुरु भएको छ भने लमही नगरपालिकामा पनि भर्खरै गणना सुरु भएको छ । बबईगाउँपालिकामा भने मतगणना सुरु हुन सकेको छैन ।