शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

इन्द्र कार्की
/महेन्द्रनगर,माघ,२२        कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु भएको छ । क्यामेरा ट्रापिङ्ग विधिवाट शुक्लाफाँटामा बाघ गणना सुरु भएको हो । नेपालमा प्रत्येक पाँच वर्षमा बाघ गणना गर्ने चलन छ । नेपालमा राष्ट्रिय बाघ गणना २०१८ अनुसार यहाँ पनि बाघ गणना सुरु गरिएको राष्टिय निकुञ्जले जानकारी दिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त प्रमख संरक्षण अधिकृत गोपाल घिमिरेले औपचारिक रुपमा बाघ गणना सुरु गरिएको जानकारी दिए । घिमिरेका अनुसार गणकका दुई दिने तालिम सञ्चालन भईसकेको छ । बाघ गणनाका लागि स्थान समेत गरि सकिएको छ ।

     शुक्लाफाँटा -लालझाडी -जोगबुढा करिडोरमा बाघ गणना गरिने छ । शुक्लाफाँटा- लालझाडी -जोगवुढा, मध्यवर्ति क्षेत्र व्रह्मदेव -लालझाडी जैविक मार्ग करिडोर तथा आसपासका क्षेत्रलाई १ व्लकमा राखि क्यामेरा ट्रापिङ्ग प्रविधिवाट बाघ गणना गर्ने योजना वनाइएको छ । जम्मा २६० ग्रिड र ५८ ट्रा्रन्जेष्क क्यामेरा ट्रापिङ्ग प्रविधिवाट बाघ तथा आहारा प्रजातिको गणना गरिने छ । २६० ग्रिडमा ५२० क्यामेरा मार्फत बाघ गणना गरिन लागिएको हो । निकुञ्जका निमित्त प्रमख गोपाल घिमिरेका अनसार गणना कार्यमा ११ समुहका ९० जनाको जनशक्ति प्रयोग हुनेछ । निकुञ्ज क्षेत्रमा ४,जिल्ला वन कार्यालय ४, जोगबुढा क्षेत्रमा ३ समुह गरि जम्मा ११ समुह रहनेछन् ।

     बाघ गणनाका लागि बाघको फोटो खिच्नका लागि प्रयोग हुने स्वचालित क्यामेरा,सन्टो कम्पास ,रेञ्ज फाईण्डर र जिपिएस उपकरण रेर्कड गरिन्छ । बाघ गणनाका लागि २२ दिन लाग्ने र क्यामेरामा कैद भएका बाघका तस्विरहरुका आधारमा तस्विरहरुलाई विश्लेषण गर्दै बैशाखमा प्रारम्भिक नतिजा सार्वजनिक गर्ने योजना रहेको घिमिरेले वताए । एक बाघको कुनै पनि अर्को बाघ संग कुनै पनि भाग नमिल्ने र शरिर वाट नै वाघको गणना गरिने उनले वताए । सन् १९६० मा बाघको पञ्चाको छापवाट बाघको गणना गरिदै आएकोमा पछिल्ला वर्षहरुमा सुरु गरिएको क्यामेरा प्रविधि नयाँ प्रविधि हो । सन् २००९ मा गरेको बाघ सर्वेक्षणमा शुक्लाफाँटामा बाघको संख्या १० थियो भने २०१३ मा वढेर १७ पुगेको थियो ।