आजदेखि नेपालगन्जमा मैत्रीपुर्ण फुटवल प्रतियोगिता सूरु

मधुपौडेल,
बाँके,फागुन १५-राष्ट्रिय समृद्धि र सुशासनका लागि भ्रष्टाचार मुक्त समाज निर्माण भन्ने मुल नाराका साथ आजदेखि नेपालगन्जमा मैत्रीपुर्ण फुटवल प्रतियोगिता सूरु भएको छ ।नागरिक समुह बाँकेको आयोजनामा भएको विभिन्न पेशाकर्मी विचको मैत्रीपुर्ण फुटवल प्रतियोगिता २०७३ मा १५ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ । आज भएको पहिलो खेलमा कर्मचारी मिलन केन्द्र र उद्योग वाणिज्य संघ विच प्रतिस्पर्धा भएको थियो ।

कर्मचारी मिलन केन्द्रलाई उद्योग वाणिज्य संघले ३ का विरुद्ध ० गोलले पराजित गरेको छ . उद्योग वाणिज्य तर्फबाट खेल भएको २ मिनेटमै अभय बस्नेतले १ गोल गरेर खाता खोलेका थिए भने १३ मिनेटमा कर्ण थापाले दोश्रो गोल गरेका थिए । यस्तै २३ मिनेटमा उद्योग वाणिज्य संघकै बस्नेतले अर्को गोल गरेका थिए ।

यस्तै दोश्रो खेलमा होटल व्यवसायी र वार एशोसियसन विच भएको थियो । होटल व्यवसायीले ५ का विरुद्ध १ गोल गरेर बार एशोसिएशनलाई पराजित गरेको छ  । भोली हूने पहिलो खेल सिप्रदी र पत्रकार विच प्रतिस्पर्धा हूने आयोजकले जनाएको छ ।

खेलमा १५ टिमको सहभागिता रहेको थियो जसमा नेपालगन्ज उद्योग वाणिज्य संघ, नेपालगन्ज मेडिकल कलेज, नेपाल वार एशोसियशन, नेपाल पत्रकार महासंघ, जडिबूटि व्यवसायी संघ, वैकर्स, बाँके निर्माण व्यसायी संघ लगायत  १५ टिमको सहभागिता रहेको छ । १५ गतेदेखि सूरु भएको मैत्रीपुर्ण फुटबल प्रतियोगिता १९ गते सम्म चल्ने आयोजक टिमका प्रवक्ता भावुक आचार्यले जानकारी गराउनु भएको छ ।