विद्यालयको दौरा सुरुवाल र गुन्यु चोली हुनुपर्छ : सांसद अब्दुल

मधुपौडेल ,

बाँके,फागुन १५-अव विद्यालयको दौरा सुरुवाल र गुन्यु चोली हुनु पर्दछ भन्ने कुराको उदघोष माननिय सांसद अब्दुल हमित सिद्धिकी (भोला सिद्धकी)ले बताउनु भएको छ ।नेपालगंजको गोल्डेन एविसीको  वार्षिक उत्सवमा  सिद्धिकीले उक्त कुराको उदघोष गर्नु भएको हो ।

माननिय सिद्धिकीले अहिले हरेक विद्यालयमा नेपाली भन्दा फरक खालको पोसाकको कारणले नेपालीको पहिचान हराउदै गएमा आफु सबै विद्यालयलाई नेपाली पहिचान खुल्ने पोसाकमा ध्यान दिनुपर्ने कुरा गर्दै आएको बताउनुभयो । माननिय सिद्धिकीले यदी गोल्डेन एविसीले निर्णय गरेमा पोसाकको लागि सबै खर्च आफुले सहयोग गर्ने कुराको प्रतिवद्धता गर्नु भएको थियो ।

Abdul hamid Sidhhiki banke sansad विद्यालयको वार्षिक उत्सवमा उत्कृष्ट हुने विद्यालयका विद्यार्थीहरुलाई पुरुस्कार तथा प्रमाण प्रत्र वितरण गरीएको थियो । विद्यालयका फाउन्डर  विकास वहादुर सिंहको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका इन्चार सरीता पटनाह्य, शेरहोल्डर विर बहादुर खत्री , हेमा गतराज लगाएतको उपस्थिति रहेको थियो ।कार्यक्रममा विद्यार्थीहरुले विभिन्न कला सस्कृति झंलकीने नृत्यहरु प्रस्तुत गरेको थिए ।