नेपालमा हुने साग खेलका लागी महिला फुटबल टिमको घोषणा

नेपालले सागमा हुने सबै २७ खेलमा सहभागिता जनाउने

काठमाण्डौं,कार्तीक,२८-

यही मंसिर १५ गतेदेखि नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)को लागि महिला फुटबल टिमको घोषणा भएको छ।मुख्य प्रशिक्षक हरी खड्काले साग खेल्ने अन्तिम २० सदस्यीय फुटबल टिमको घोषणा गर्नु भएको हो ।

टोलीमा फरवार्डतर्फ सावित्रा भण्डारी, निरु थापा र अनिता केसी परेका छन् ।यस्तै डिफेन्समा पुजा राना, मनमाया लिम्मु, कबिता धिमाल, पुजा जर्घामगर, गिता राना रहेका छन् ।

मिडफिल्डमा बिमला चौधरी, मञ्जलीकुमारी योञ्जन, अनिता बस्नेत, ईन्द्र राई, सरु लिम्बु, दिपा राई र रेनुका नगरकोटी छन् ।गोलकिपरमा एन्जिला तुम्बापो सुब्बा, अन्जना राना मगर उषा नाथ छन् ।महिला टिमको सहायक प्रशिक्षक अरुणा गुरुङ र गोलकिपर प्रशिक्षक अस्मिता खवास रहेका छन् ।

मुख्य प्रशिक्षक हरी खड्काले पछिल्लो संस्करणको साफ टिममा रहेको अधिकांश खेलाडीलाई अन्तिम छनोटमा रोजेका छन् ।नेपालले सागमा हुने सबै २७ खेलमा सहभागिता जनाउँदैछ ।