अरुको बुई चढेर सत्तामा जान नहुने पौडेलको धारणा

फाईल तस्विर !!

काठमाडौं,चैत,२-नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेस अरूको बुई चढेर सत्तामा जान नहुने बताउनुभएको छ ।

पर्वतको कुश्मा बजारमा सोमबार प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले अहिलेको अवस्थामा कांग्रेसलाई सत्तामा जानुभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताउनुभयो ।

पौडेलले अहिलेको अवस्थामा संविधान र संसदमाथि हुने हमलाको सामना गर्नु कांग्रेसको मुख्य दायित्व हुने बताउनुभयो । पौडेलले कांग्रेस दोस्रो दल भएकाले प्रधानमन्त्रीविरुद्ध आफूहरूले अविश्वासको प्रस्ताव नलैजाने तर अन्य दलले लगेमा साथ दिने प्रष्ट पार्नुभयो ।

नेता पौडेलले विकृत राजनीतिको अन्त्यका लागि माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर नयाँ सरकारका लागि पहल गनुपर्ने बताउनुभयो ।