खप्तड गोल्डकप : उद्घाटनमा मनाङ र दिल्ली भिड्ने

विजेताले २१ लाख र उपविजेताले १० लाख नगद प्राप्त गर्नेछ।

काठमाडौं,फागुन,११-पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपको उदघाटन खेलमा मनाङ मर्स्याङ्दी क्बल र भारतको दिल्ली फुटबल क्लब भिड्ने भएका छन् ।

मनाङ र दिल्लीबीचको उदघाटन खेल कैलालीको धनगढी रंगशालामा फागुन १९ गते हुनेछ । सुदुरपश्चिम-११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । 

आयोजक सुदुरपश्चिम–११ सहित मनाङ, दिल्ली, हिमालयन शेर्पा क्लब, एनजेजेवाईसी फुटबल क्लब, क्यामरुनको एभेनिर फुटबल क्लब, फ्रेन्ड्स क्लब, बागमती युथ क्लब, न्यूरोड टिम र मछिन्द्र फुटबल क्लब रहेका छन् ।

प्रतियोगिताको फाइनल फागुन २८ मा हुनेछ । नकआउट आधारमा खेलाईने प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ ।उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ । 

सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।

प्रत्येक खेलको म्यान अफ द म्याचले १६ हजार ५ सय पाउने आयोजकले जनाएको छ । खेलपाटीबाट

खेल तालिका – 

No description available.