अन्तिम निर्णय कलाकारिता पेशा : गायक दानी

बाँके,फागुन १५ – लोप हुदै गएको देउडा सँस्कृतिलाइ जोगाउन अग्रजहरुले दिएको ज्ञान सबैले सिक्नु पर्ने भएको छ । दुर्गम जिल्ला बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर २ पिनालेखमा बुवा बल बहादुर दानी र आमा गोमती देबी दानीको कोखबाट  २०४३ साल श्राबण २९ गते जन्म लिएका देउडा तथा दोहोरी गायक राम बहादुर दानी पछिल्लो समयमा निकै नै बयस्त देखिनु भएको भएको छ ।

बाल्य काल  देखी नै गित सँगितमा रमाउने दानीले एक दर्जन गित हरुमा आवाज भरी सकेका छन । प्राथमिक देखी माद्यामिक तह सम्मको शिक्षा आफ्नै गाउमा रहेको श्री जाल्पादेबी उच्च माद्यामिक बिद्यालयबाट हाासिल गरेको गायक दानीले २०६० सालमा दोस्रो श्रेणीमा एसएलसी पास गरी सदरमुकाम मार्तडीमा रहेको मालिका उच्च माद्यामिक बिद्यालयमा उच्च शिक्षा हाँसिल गिरेका  थिए ।

२०६२ सालमा उच्च शिक्षा हासिल गिरे पश्चात आफ्नै गाँउमा रहेको श्री त्रिभुवन प्राथमिक बिद्यालयमा निजि शिक्षाको रुपमा करिब ३ बर्ष सम्म अध्यापन गरेका थिए । तत्पश्चात आफ्नो निरन्तर शिक्षको बाटो बन्द भए पछि गायक दानी २०६५ सालमा भारतको पिथौरागढमा एक बर्ष बिदेशको नौकरी गर्दै कम्प्युटर शिक्षा डिप्लोमा तह पास गरेका थिए ।

Ram Bahadur Dani२०६७ सालमा कम्प्युटर शिक्षा अध्यापन पश्चात नेपाल फर्केका गायक दानी २०६७  सालमै राजधानी काठमाण्डौमा आएर प्राइभेट कम्पनीमा काम गरी सिटइ भिटी बाट इलेक्ट्रिक प्राबिधिक तह १ सिटी इ भिटीइ सानोठिमी भक्तपुरबाट पास सुर्खेतमा रहेको प्रभात माद्यामिक बिद्यालयमा कम्प्युटर शिक्षकको रुपमा २०६८ साल सम्म अध्यापन गरी सुर्खेतमै पत्रकारिता पेषमा लगेर आफ्नै जिल्लामा रहेको रेडियो पौरखी ९०।४ मेगाहर्जमा प्राबिधिक प्रमुख र कार्यक्रम उत्पादकको काम गरेका थिए ।

२०७२ सालमा आफ्नो पहिलो दोहोरी गित शुदुरपश्चिम धनगढी गित रेकर्ड गर्न काठमाण्डौ गएको समयमा टिकापुर घटना र भारतको अघोषित नाकाबन्दीका कारण फर्किन ढिला भएका कारण मिडियाको प्रमुख ब्यक्तीबाटै पिडित भएका दानीले मिडिया बाट पारिश्रमिक नै नपाएर पिडित हुनु पर्यो । २०७२ साल देखी आफै प्रकाशक रहेको लोकतन्त्र बिहानी साप्ताहिक  पत्रिका सञ्चालनमा ल्याएर काम गरेका थिए ।

 यसरी बिभिन्न क्षेत्रको सँघर्ष गर्दै आएका गायक दानीले २०७१ सालमा गायिका टिका पुन सँग आवाज भरेको पहिलो देउडा गित पातझरिगै कुवा बाट साँगितिक यात्रा सुरु गरेका थिए । तत्पश्चात पात भरीगै कुवा,मेली छैन घाास,खप्तडी पाटन,शुदुर–पश्चिम धनगढी,डोटी दिपायलकी सेती,लाली ओठमा कोठी र लगायतका देउडा तथा दोहोरी गितमा आवाज दिसकेका छन ।

दानीकै लय शब्द र सागितमा रहेको झल्का मात्रै चिसा गितले पनि निकै चर्चा पाएको गायक दानीले बताएका छन । यसरी आफै लय,शब्द,सँगित र स्वर भदै आएका गायक दानीले अघिल्लो बर्ष दशै बिशेष गित भाइटिका र बडादशैमा,ढुँगै रहेछ बैगुनीको मन,प्रदेशीका आास र गायक दानीले ,लय,शब्द र सँगित भरेको शुदुर–पश्चिमको नौवटै ऐतिहासिक कथा बोकेको देउडा गित अपि सैपालका सिर केहि दिनमै बजारमा आउने गायक दानीले बताएका छन ।

अछामी गायक प्रमोद शाह र तुलसी घर्ती मगरले आवाज भरेको उक्त देउडा गितले पनि निकै चर्चा पाउने कुरा गायक दानीले बताएका छन । हरेक क्षेत्रको सँघर्ष पश्चात पुनःकलाकारिता क्षेत्रमा प्रबेश भएका गायक दानीले मृत्यु पर्यन्त सम्म कलाकारिता र पत्रकारिता पेषा नै आफ्नालागी रहेको बताएका छन । दुइवटा बहिनी र आफु मत्रै भाइ गरी ३ वटा भाइ बहिनी रहेको गायक दानीले बताएका छन ।

 पारिवारिको आर्थिक अबस्था कमजोर भएकै कारण बिभिन्न ठाँउमा ५०० देखी ४००० सम्मको पारिश्रमिक गरी काम गरेकोले आफु लामो समय सम्म् अर्काको दासी भएर समय बर्बाद गरेको पछुतो गर्दै आएका छन । यसरी गायक दानीले हााल समम ३२ बढि देउडा तथा दोहोरी गितहरुको लय,शब्द र सागित भरी सकेका छन भने एक दर्जन गित हरुमा आवाज भरि सकेको पाइएको छ । लामो समय पश्चातको यो सयात्राको अन्तिम नतिजा कलाकारिता पेषा रहेको गायक दानीले बताएका छन् ।

यसैगरि
नयाँ बर्षमा नयाँ कामको थालनी बैशाख १ गते बाट औपचारिक रुपमा भिडियो डाइरेक्सन,अडियो निर्माण,आफ्नै युटुव च्यानेल,म्युजिक कम्पनी देखि मोडेल भिडियो मिक्सिङ ईडिटिङ,टिभिमा प्रोमो,रेडियो प्रोमो,एल्बम कभर फोटो टु फोटो इफेक्टेड ,सुटिङ रिपोर्ट,रेकर्डिङ अडियो भिडियो बजार ब्यबस्थापन गर्न, आफ्नै प्रितबिम्ब सँगित सागर अनलाइन पत्रिकामा

रिपोर्टसम्मका सम्पुर्ण कामको सुरुवाति गर्ने जानकारीका साथै आफ्नै  क्यामेरा सहित जनशक्ती र गुणस्तरियतामा हामी समर्पित रहने कुरा पनि अबगत गराउदै गायक दानीले कोहि कसैले भिडियो अडियो सम्बन्धि सम्पुर्ण कामहरु सहज र सस्तो तवरले निर्माण गर्न चाहाने हरुका लागि आफुलाई सम्पर्क पनि आग्रह गर्नु भएको छ । उहाँको सम्पर्क मोबाईल नम्बर भने रहेको छ ।  9840360528,948523524 यो नम्बरमा तपाईले सम्पर्क गर्न सक्नुहुनेछ ।

२०६२ साल देखी बिभिन्न क्षेत्रमा सँघर्ष गर्दै आउनु भएका गायक दानीको साँगितिक यात्रा सफल होस हम्रो बिहानी अनलाई परिवारको तर्फबाट शुभकामना ।