टिकापुरमा प्रहरीको गोली लागि एकजना गम्भीर घाइते

विरेन्द्र जैसी
टिकापुर,फल्गुन २-कैलालीको पथरैया गाविस वडा नं. ६ मा प्रहरीको गोली लागि एकजना गम्भीर घाइते भएका छन् । काठ तस्करबाट आक्रमण भई सामान्य घाइते भएका प्रहरीलाई जोगाउन गएको युवाहरुको समुहमाथि प्रहरीले गाली चलाउँदा स्थानिय युवक वीरेन्द्र जैसी गम्भीर घाईते भएका हुन् । उनको कोखामा गोली लागेको छ ।

उपचारका लागि टिकापुर अस्पताल पु¥याइएका जैसीलाई उपचार गर्न नसिने भन्दै नेपालगन्ज मेडिकल कलेज कोहलपुर रेफर गरिएको थियो । कोहलपुरमा पनि उपचार हुन नसकेपछि जैसीलाई काठमाडौ पठाइएको छ । इलाका प्रहरी कार्यालय टिकापुरका प्रहरी निरिक्षक पुस्कर चन्दका अनुसार पथरैया ९ अमरावतीस्थित प्रहरी चौकीका प्रहरी सहायक निरिक्षिक सई बृजलाल अधिकारी र एकजना अर्का प्रहरी जवान गस्तीमा निस्केको बेला प्रहरीले डलपमा काठ तस्करी भइरहेको देखेपछि रोक्न खोज्दा तस्कर पक्षबाट प्रहरीमाथि आक्रमण भएको थियो ।

त्यहाँबाट उम्केर भाग्दै गर्दा पुनः अर्काे युवाको समुह भेटिएपछि आफैमाथी आक्रमण हुन लागेको आशंकामा सई अधिकारीले गोली चलाएका थिए । यता पिडीतका आफन्तका अनुसार तस्करहरुले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले स्थानिय एकजना अगुवा डण्डीराम जैसीलाई खबर गरेका थिए । त्यसलगत्तै प्रहरीलाई जोगाउन भनि गएका युवाहरु पनि आफुमाथि आक्रमण गर्न आएको भन्ने आशंकामा सई अधिकारीले गोली चलाएपछि जैसी घाईते भएका हुन् । प्रहरीलाई जोगाउन गएकाहरुमाथि नै प्रहरीले गोली चलाएको पिडीतका आफन्तले जनाएका छन् ।