महेन्द्र बहुमुखीको स्ववियू निवार्चन अनिश्चित

बाँके,फल्गुन २-बाँकेको महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको स्वतन्त्र विद्यर्थी यूनीयन स्ववियू को निर्वाचन अनिश्चित भएको छ । निर्वाचन कार्यालय र लेखा शाखामा विभिन्न ४ विद्यार्थी संगठनले लगाएको ताला नखुलेपछि स्ववियू निर्वाचन अनिश्चित भएको हो ।

निर्वाचन मिति सार्नु पर्ने माग गर्दै विप्लव माओवादीको विद्यर्थी संगठन अखिल क्रान्तीकारीले निर्वाचन कार्यालयमा ताला लगार्एपछि आईतबार हुने भनेको स्ववियू निर्वाचनको कार्यतालिका अनुसार विद्यर्थी संगठन दर्ता र मतदाता नामावली प्रकशन हुन नसकेको निर्वाचन समितिले जनाएको छ ।

विद्यर्थी भर्नाका क्रममा नेपाल विद्यर्थी संघले एकमुष्ट र आफ्नो खर्चमा विद्यार्थी भर्ना गरेको भन्दै एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन अनेरास्ववियू माओवादी केन्द्रको अखिल क्रान्तीकारी विप्लव माओवादीको अखिल क्रान्तीकारीले लेखा शाखामा ताला लगाएका छन् ।

भने नेपाल विद्यार्थी संघले विद्यार्थी भर्नामा अन्य विद्यार्थी संगठनले हुन हुज्जत गरेर भर्ना गर्न नदिएको भन्दै लेखा शाखाको मुल गेटमा ताला लगाएको छ । अनेरास्ववियूले भने लेखा शाखामा लागाएको ताला खोलेको छ । निवार्चन कार्यक्रममा बाधा नपुगोस भन्ने हेतुले ताला खोलेको अनेरास्ववियू महेन्द्र बहुमुखी क्याम्पस इकाई कमिटिका अध्यक्ष  ज्ञानु बमले जानकाकारी दिनुभयो ।