मानवशास्त्रका विद्यार्थीलाई गरियो महेन्द्र बहुमुखीमा सम्मान

नेपालगन्ज,जेष्ठ,०८–

सम्मान पछि विद्यार्थी र शिक्षकको फोटो सेसन

मानवशास्त्र विषयमा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई बुधबार(आज) महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा सम्मान गरिएको छ ।

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जको आयोजनामा बुधबार मानवशास्त्र विषयमा उत्कृष्ट नतिजा ल्याएर उतीर्ण हुने चार जना विद्यार्थीहरुलाई क्याम्पस सहायक अर्जुन पोखरेलले अबिर तथा दोसल्ला ओढाएर भव्य सम्मान गर्नुको साथै मायाको चिनो प्रदान गर्नुभएको थियो ।
उक्त सम्मान कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका सहायक प्रमुख पोखरेलले उतीर्ण विद्यार्थीलाई बधाई दिँदै मायाको चिनो समेत प्रदान गर्नुभएको थियो ।

महेन्द्र महुमुखी क्यामपस नेपालगन्जका अध्यापक गोकर्ण शाहीले पनि उक्त सम्मान कार्यक्रममा आफ्नो मन्तव्य राख्नु भएको थियो । मन्तव्य राख्दै उहाँले मानवशास्त्र र समाजशास्त्रका सबै ब्याचलर अध्यनरत विद्यार्थीहरुलाई प्रेरित पनि गर्नुभएको थियो ।

मदन पौड्यालले सन्चालन गर्नुभएको उक्त सम्मान तथा बधाई कार्यक्रममा समाजशास्त्रका अध्यापक जेन्टिल गौतम लगायत ब्याचलर र डिग्री अध्यनरत करिब ४५ जना विद्यार्थीहरुको उपस्तिथि रहेको महेन्द्र बहुमुखी क्याम्पसका छात्र यज्ञ बहादुर रोकाले जानकारी दिनुभयो ।