कैलालीको एच गाँउमा “फुलवारी साँस्कृतीक” महोत्सव २०७३ हुने

इन्द्र कार्की

कैलाली,पुस ५-कैलालीको एच गाँउमा फुलवारी साँस्कृतीक महोत्सव २०७३ हुने भएको छ ।साँस्कृतीक,पर्यटन,व्यापार र कृषि प्रवद्धन भन्ने मुल नाका साथ धनगढी उपमहानगरपालिका वडा नं २० को एच गाँउको खेलमैदानमा पौष १३ गते देखि २२ गते सम्म फुलवारी साँस्कृतीक महोत्सव २०७३ हुने भएको छ ।महोत्सवको आयोजना न्यू बुद्ध स्पोर्टस यूवा क्लवले गर्न लागको हो ।

महोत्सवबा लागि स्टल बुकिङ्ग र निमार्ण कार्य भईरहेको आयोजकले जानकारी दिएको छ ।महोत्सवमा विभिन्न स्थानीय झाँकि,विद्यालय स्तरीय नृत्य प्रतीयोगिता,लोक दोहोरी प्रतीयोगिता,विभिन्न साहित्यीक कार्यक्रमहरु,कृषि प्रर्दशनी रहनुका साथै राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहने बताईएको छ । फुलवारी महोत्सव लगत्तै कैलालीको सुखडमा घोडाघोडी महोत्सव हुने भएको छ ।