७० वर्षे केपी ओली दोस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित

भिम रावल भए पराजित, उपाध्यक्ष र सचिवको मत गणना जारी

काठमाडौं,मंसिर,१४-नेकपा (एमाले)को १०औं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ ।

खसेको कूल २ हजार ९६ मतमा नवनिर्वाचित अध्यक्ष ओलीले १ हजार ८ सय ८ मत पाउनुभएको छ भने उहाँका प्रतिद्वन्द्वी भीम रावलले २ सय २३ मत पाउनुभएको छ ।मतगणना जारी रहेकाले दुवैको केही मत बढ्न सक्ने निर्वाचन समितिका एक सदस्यले जानकारी दिनुभयो ।

७० वर्ष उमेर पुगेका केपि शर्मा ओलीलाई विश्राम लिन आग्रह गर्दै भिम बहादुर रावलले आग्रह गरेतापनी ओलीले नमान्दा  सर्वसम्मतमा अध्यक्ष चुन्न एमाले असक्षम भएको थियो। सोहि अनुरुप निर्वाचन हुदा भिम रावल पराजित हुन पुगेका थिए ।

यसैबिच अहिले उपाध्यक्षको मत गणना सुरु भएको छ । त्यसपछि सचिव र केन्द्रीय सदस्यको मत गणना हुने एमाले निर्वाचन आयोगले जानकारी दिएको छ ।

 

सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि मतदानमा गएको थियो । विहान ४ बजेबाट मतदान सुरु भएको मतदान ११ बजे सकिएको थियो ।