प्रतिनीधीसभामा एमसीसी टेबुल भएपछि कुन नेताले के भने(संक्षिप्तमा)

काठमाण्डौं,फागुन,८-प्रतिनीधीसभाको आईतबारको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबल भएको छ।

संसदबाटै बृहत छलफल गरि पास गर्ने बताउदै  सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले उक्त प्रस्ताव पेश गर्नु भएको हो ।

नाराबाजी र विरोधका विच एमसीसी  टेबल भएपछि सत्ता पक्ष र विपक्षका विभन्न राजनितीक दलहरुले आफ्नो धारणा व्यक्त गरेका छन् । 

कुन पार्टीका नेताले के के भने हेरौं?

प्रधानमन्त्री शेरबहादुर देउवा : एमसीसी जसरी पनि संसदमा पेश गरेरै छाड्ने बताउदै आउनु भएका प्रधानमन्त्री शेर बहादुर देउवाले संक्षिप्तमा जवाफ दिदैं एमसीसी संसदमा पेश भएको छ,अब पास हुन्छ, भन्ने प्रतिकृया दिनुभयो ।

सभामुख अग्नी सापकोटा : राष्ट्रिय महत्त्वको विषय संसदमा छलफल गर्नु उचित हुने बताउदै उहाले एमसीसी सम्झौताको नाम नलिई “भन्नुभयो” प्रमुख दलका शीर्ष नेताहरू, सांसदहरु, संविधानविद्, कानूनविद्, सञ्चारजगत, वुद्धिजीवि एवं प्रतिष्ठित व्यक्तिले एमसीसी सार्वभौमा संसदमा छलफल होस् भन्ने भावना रहेको जानकारी दिनुभयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) : विवाद र विरोधकाबीच सरकारले एमसीसी टेबुल गरेको भन्दै माओवादी केन्द्र एमसीसीको विपक्षमा उभिने स्पष्ट पार्नुभयो ।उहाँले एमसीसीको विरोधमा उत्रिएकामाथि भएको प्रहरी दमनको विरोध गर्दै सामाजिक सञ्जाल ट्वीटरमा दाहालले प्रहरी दमनमा भएका घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल:संसद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भन्नुभयो, ‘पास गर्ने कुरामा हाम्रो समर्थन गर्दैनौ उहाँले भन्नुभयो।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली :विदेशीहरुको चलखेलको केन्द्र नेपाल बनेपछि बल्ल अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा पेश गरिएको बताउनुभयो।प्रतिनिधिसभाको बैठक लगत्तै सांसदहरुसँग अन्तर्क्रिया गर्नु भएका ओलीले अझै पनि सत्तारुढ गठबन्धन द्वन्द्व बढाउने पक्षमा देखिएको बताउनुभयो ।

कानुन तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू :अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे जनतालाई यथार्थ जानकारी गराउन संसदमा टेबल गरिएको बताउनुभयो। उहाँले एमसीसीका बारेमा सडक र बाहिर व्यापक विरोध भइरहे पनि संसदमा कुनै पनि छलफल र बहस नभएकाले संसदमा टेबल गर्नुपरेको मन्त्री बडूको भनाइ थियो। 

नेकपा एकीकृत समाजवादीकी नेतृ तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्री : अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसी अब संसदको सम्पत्ति भएको बताउनु भएको छ ।एमसीसी सम्झौता टेबल भएपछि उहाँले अब संशोधन गर्ने वा नगर्ने सांसदहरुको हातमा रहेको प्रतिकृया दिनुभयो।

नेपाली कांग्रेसका महामन्त्री गगन थापा: अमेरिकी सहयोग परियोजना एमसीसीमा प्रमुख राजनीतिक दलहरुले दोहोरो चरित्र (डबल स्ट्यान्डर्ड) देखाउन बन्द गर्नुपर्ने र सरकारमा बस्नेले पक्षमा हो भने पक्षमा हो, विपक्षमा हो भने विपक्षमा हो । आधाले विपक्षमा लागेजस्तो गर्ने आधाले पक्षमा लागेजस्तो गर्ने कुरालाई बन्द गर्नु पर्ने र फागुन १२ गतेको संसद बैठकमा दलहरु एमसीसीको पक्षमा वा विपक्षमा उभिनुपर्ने बताउनुभयो।

नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा :विवाद र विरोधकाबीच सरकारले एमसीसी सम्झौता संसदमा पेस गरिएकोप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो।पूर्वसभामुख समेत रहेका महराले आइतबार विज्ञप्ति जारी गरी प्रतिनिधि सभामा एमसीसी सम्झौता टेलब गरिएकोप्रति आपत्ति जनाउनुभयो ।

नेकपा एमालेका सांसद भीम रावल :विदेशीको धम्कीमा नेपाली जनताको भावना मिचेर एमसीसी सम्झौता टेबल गर्नु गम्भीर आपत्तिको विषय भएको रावलले बताउनुभयो।प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले स्वतन्त्र नेपाली जनताको प्रतिनिधित्व गर्ने संसदमा दलहरूको सहमति बिनै एमसीसी कसरी टेबल भयो भनेर प्रश्न समेत गर्नु भएको थियो।

राष्टिय जनमोर्चा पार्टीका उपाध्यक्ष एवं प्रवक्ता दुर्गा पौडेल : एमसीसी संसदमा टेबल गर्ने विषयमा आफ्नो दलको सहमति नभएको जनकारी दिनुभएको छ। उहाँले एमसीसी मतभेदका कारणले गठबन्धन टुट्न पवि नहुने बताउनुभयो ।एमसीसीमा आफ्नो दलको असहमत भएकाले गठबन्धनका कतिपय बैठकमा जनमोर्चालाई सहभागी नगराइएको प्रती एक विज्ञप्ती जारी गर्दै आपत्ती जनाउनु भयो।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा : प्रमुख राजनीतिक दलको अकर्मन्यता र अदूरदर्शिताको परिणामस्वरुप अमेरिकी सहयोग परियोजना एमसीसी अनावश्यक विवादको बन्धक भएको थापाले बताउनुभयो।राप्रपाको केन्द्रीय समिति बैठकले दलहरुको अकर्मन्यताकै कारण एमसीसीमा नागरिकस्तरमा आशंका पैदा भएको पनि निश्कर्ष निकालेको छ ।

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल : एमसीसीका सन्दर्भमा पोखरेलले सत्ता गठबन्धनको कडा आलोचना गर्नुभएको छ।उहाँले सत्ता गठबन्धनलाई ‘अनुचित र अवैध गर्भाधानबाट जन्मेको’ टिप्पणी गर्दै आज उसले संसदमा ‘नाटक मञ्चन’गरेको आरोप लगाउनुभयो ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल : अमेरिकी धम्कीसामु सरकारले घुँडा टेकेको आरोप लगाउनु भएको छ ।उहाँले एमसीसीलाई अमेरिकी सैन्य मोर्चाको संज्ञा दिदै नेपालको कानुनभन्दा माथि हुने गरी तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेको भन्दै आपत्ति जनाउनु भएको थियो।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजाल : एमसीसी प्रकरणमा सत्तारुढ दलको द्वैच चरित्र पर्दाफास भएको टिप्पणी गर्दै उहाँले सरकारमा रहेकालाई हिक्मत छ भने एमसीसीमा सहमत नभएकालाई राजीनामा दिएर देखाउ  चुनौती दिनुभयो।

नेपाल उद्योग परिसंघ खुशी : नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिस)बीचको सम्झौता प्रतिनिधिसभामा टेबल भएपछि उद्योग परिसंघले खुसी व्यक्त गरेको छ। संघले अनुमोदनको आह्वान गर्दै कार्यान्वयनमा जाने र देशले आर्थिक लाभ हासिल गर्ने विश्वास पनि गरेको छ। 

यसैविच :प्रतिनिधि सभाको बैठक फागुन बिहिबार दिउँसो १ बजे बस्नेगरी बैठक स्थगित गरिएको छ।