दुई नगरपालिकाको मत पेटिका सदरमुकाम दित्तेल पुग्यो

सिर्जना बर्देवा/
ओखलढुंगा मंसिर,११-
खोटाङको हलेसी तुवाचुङ नगरपालिका र रुपाकोट मझुवागढी नगरपालिकाका मत पेटिका सदरमुकाम ल्याइएको छ । बाँकी आठ गाउँपालिकाको मतपेटिका भने सोमबार रातिसम्ममा दिक्तेल ल्याइने जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो ।

हलेसी तुवाचुङ नगरपालिकाका ११ वडा तथा रुपाकोट मझुवागढी नगरपालिकाका १५ वडामा खटिएका कर्मचारी र सुरक्षाकर्मी मत पेटिका लिएर आज सोमबार बिहान दुई बजे दिक्तेल आइपुगेको हो ।मतपेटिका बुझ्ने र बुझाउनेक्रममा उज्यालो नै भएको हलेसी तुवाचुङ नगरपालिकाका निमित्त कार्यकारी अधिकृत अनिल किरातीले बताउनुभयो ।