मतदाताहरुलाई विचलित र आतंकित नहुन गगन थापाको आग्रह ( भिडीयो सहित)

काठमाण्डौं,मंसिर,१८-

बम आक्रमणमा परी घार्इते भएका नेपाली कांग्रेसका युवा नेता गगन थापाले अस्पतालबाटै आफ्ना मतदाताहरुलार्इ यस्ता घटनाहरुबाट विचलित र आतंकित नहुन आग्रह गर्नु भएको छ । कान र ढाडमा चोट लागेका घाइते थापाले उपचारपछि हामीसँग बम प्रहारको घटनाबाट कत्ति पनि विचलित नहुन आम मतदातालाई आग्रह गर्नुभयो । 

आज काठमाडौंको पचलीमा आफूमाथि बम प्रहार भएर उपचारको लागउ शिक्षण अस्पतालमा रहेका थापाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनु भएको हो । उहाँले यस्ता मतदाता र उम्मेदवारलार्इ आतंकित पार्ने र उनीहरुको चुनावी अभियानलार्इ नै प्रभावित बनाउन गरिएका हिंसात्मक घटनाबाट विचलित नभर्इ मतदानमा सहभागी हुन उहाँले आग्रह गर्नुभयो ।

(यो भिडीयो पनी हेर्नुहोस् )

उहाँले आफूमाथि योजनाबद्ध रुपमा चुनावी प्रचारलार्इ समेत प्रभावित बनाउनको लागि बम आक्रमण गरिएको भन्दै यसमा मतदाता आतंकित बन्न नहुने बताउनुभयो । काठमाडौं क्षेत्र नम्बर ४ को बुढानीलकण्ठ चपलीस्थित भंगाल महादेव कोलनी छेउमा गराइएको बम विष्फोटमा थापासहित १० जना घाइते भएका छन् ।

उक्त क्षेत्रका उम्मेदवार रहेका थापा घरदैलोमा जाँदै गर्दा उहाँलाई नै लक्षित गरी बम प्रहार गरिएको थियो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । घाइते सबैको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार हुँदैछ । घाइते हुनेमा प्रदेश सभाका कांग्रेस उम्मेदवार साधुराम खड्कासहित राजकाजी श्रेष्ठ, जयराम लामिछाने, ध्रुव खड्का, पूर्णबहादुर श्रेष्ठ, श्याम श्रेष्ठ, रबिन्द्र कार्की, सुमन खड्का र रेणु बरुवाल छन् । साभार : ईमेज खबरबाट