गगन थापालाई बम हान्ने २२ जना पक्राउ

बम प्रहारको कांग्रेसद्वारा निन्दा

काठमाण्डु,मंसिर,१८-

अपडेट : 

नेपाली कांग्रेसका युवा नेता एवं काठमाण्डौं ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगनकुमार थापामाथि बम प्रहार गरेको आरोपमा प्रहरीले २२ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाण्डौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र धानुकका अनुसार बम विस्फोटमा संलग्न २२ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

‘हामीले २२ जना पक्राउ गरिसकेका छौं,’ टोली फिल्डमै खटेर पनि शंकास्पदलाई नियन्त्रण लिने काम गरिरहेको छ,’ एसएसपी धानुकले भन्नुभयो प्रहरीले सो बम नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले पड्काएको निष्कर्ष निकालेको छ।

घटनालगत्तै काठमाण्डौंमा परिसर र विभिन्न वृत्तबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको धानुकले बताउनुभयो । उहाँले पक्राउ परेकाहरुको परिचय भने खुलाउनुभएन ।

थापामाथि बुढानिलकण्ठस्थित चपली हाइटको माधव कोलोनीमा चुनाव प्रचारका क्रममा आज सोमबार बम प्रहार भएको थियो । थापाको टाउको र डाढमा चोट लागेको छ । घटनामा अरु ७ जना घाइते भएका छन् ।

त्यस्तै थापामाथि नजिकबाट प्रहार भएको सो बम किट्ली बम रहेको तथ्थ खुलेको छ। बम डिस्पोजल टोलीले थापा रहेको २ मिटर टाढा बम पड्किएको जनाएको छ। अन्यन्त नजिकबाट बम पड्किदाँ थापासहित १० जना घाइते भएका छन् । घाइतेमध्ये ४ जना गम्भीर रहेको शिक्षण अस्पताल महाराजंजले जनाएको छ।

यसैविच : नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाको हत्या गर्ने मनसायले आज बम प्रहार भएको भन्दै पार्टीले आपत्ति जनाएको छ ।एक विज्ञप्ति जारी गर्दै कांग्रेसले काठमाडौं–४ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार थापामाथि गरिएको आक्रमणप्रति घोर निन्दा र भत्र्सना गरेको हो ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका नेता, उम्मेदवार तथा कार्यकर्ताहरुको हत्या नै गर्ने मनसायले गरिएको यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणप्रति घोर निन्दा र भत्र्सना गर्दछौं ।’

बम आक्रमणले शान्तिपूर्ण एवं निर्वाद रुपमा निर्वाचन कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अधिकारमाथि ठाडो उल्लङ्घन गरेको उल्लेख गरिएको छ । भनिएको छ, ‘लोकतान्त्रिक संस्कार र संस्कृतिको उपहास गर्न खोजिएको छ ।’ साथै, घटनामा संलग्नलाई तत्काल खोजी कडा कारबाही गर्न समेत माग गरिएको छ ।