बर्दगोरीयामा जारी अन्तर विद्यालय नृत्य प्रतियोगितामा उत्कृष्ट १२ विद्यालय छनोट

भोली अन्तिम प्रतिष्पर्धा हुने

पवन मुडभरी/

बौनीया,कार्तीक,१८-

कैलालीको बर्दगोरीया गाउपालिकामा जारी अन्तर विद्यालय जिल्ला स्तरीय नृत्य प्रतियोगितामा उत्कृष्ट १२ विद्यालय छनोट भएका छन । सास्कृतिक, पहिचान व्यक्तित्व विकास एबंम स्वस्थ्यका लागी नृत्य भन्ने नाराका साथ नवबालबाटिका विद्यामन्दीर विद्यालयले आयोजना गरेको नृत्य प्रतियोगीतामा सहभागी कैलालीका १९ वटा विद्यालयको सामुहिक नृत्य प्रस्तुतीबाट सैनिक आवासिय विद्यालय

तेघरी , उज्यालो शिक्षा सदन लम्की , स्टेपि¨ स्टोनिक धनगढि , न्यु स्टार ई .बो स्कुल सुखड , मदरल्याण्ड ई बो स्कुल भजनी , लिटिल एञ्जल्स सुखड , मोहन्याल मा वि बास्कोटी , नव बालबाटीका विद्या मन्दिर बौनियां , आदर्श ई बो स्कुल बौनियां , रेडरोज टीकापुर , जगततारा ई बो स्कुल बौनीयां , मल्टीपल मण्टेश्वरी भजनी गरी १२ विद्यालय छनोट भएका छन ।

आज छनोट भएका विद्यालयहरुबिच भोली प्रतिष्पर्धा गराईनेछ । प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार दितिय लाई २५ हजार,तितृय लाई १५ हजार र सान्तवना लाई १० हजार नगद,प्रमाणपत्र,ट्रफि,र मेडल प्रदान गरिने बताईएको छ ।