नेपालगन्जलाई अवको तीन महिनाभित्र खुलादिसामुक्त घोषणा गरिने

बाँके,पुस ५-नेपालगन्जलाई अवको तीन महिनाभित्र खुलादिसामुक्त घोषणा गर्ने गरी उपमहानगरपालिकाले अभियान थाल्ने भएको छ । आज भएको समिक्षात्मक बैठकमा उपमहानगरपालिकाले अभियान सुस्ताएको स्विकार गर्दै अव गति बढाउने निर्णयमा पुगेको हो ।‘प्रारम्भिक खाका तयार पारिएको छ बैठकपछि उपमहानगरपालिकाका कार्यकारी प्रमुख गिरीराज ज्ञवालीले भन्नुभयो– ‘तीन महिना भित्रमा नेपालगन्जलाई खुला दिसामुक्त घोषणा गरिने छ ।

त्यसका लागि नगरस्तरीय राजनीतिक दल, वडा सचिव, सामाजिक परिचालक र कर्मचारी सबैले सामुहिक प्रतिबद्धता दोहोराएको पनि उहाँले वताउनुभयो ।२८ वटा वडा रहेको उपमहानगरमा अहिलेसम्म केवल ११ वटा वडा मात्र खुल्ला दिसामुक्त घोषणा भएका छन । अझै १७ वटा वडालाई खुल्ला दिसामुक्त घोषणा गर्न बाँकी छ । १, २, ३, ४, ५, ६, ८, ९, १०, २१ र २४ नम्वरका वडा मात्र खुल्ला दिसामुक्त घोषणा गरिएको छ ।